टी–२० विश्वकप : सेमिफाइनल समिकरण पुरा, भारत समूह विजेता

 

काठमाडौं ।

टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत समूह २ को विजेता बनेको छ । अष्ट्रेलियाको मेल्बर्नमा आईतबार जिम्बाब्वेलाई हराउँदै भारत समूह विजेता बनेको हो । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।

यसअघि नै सेमिफाइनल पुगिसकेको भारत पराजित भएको भए यो समूहबाट पाकिस्तान समूह विजेता बन्ने थियो । पाकिस्तान समूह उपविजेता बनेको छ ।

भारतले कुल ८ अङ्क जोड्यो । बङ्गलादेशलाई पराजित गरेर पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो । तर दक्षिण अफ्रिका भने नेदरल्याण्डसँग पराजित भएपछि बाहिरिएको छ । आइतबार बिहान नेदरल्याण्ड्सलाई दक्षिण अफ्रिकाले हराएको भए पाकिस्तान बाहिरिने थियो ।

सेमिफाइनलमा समूह १ को विजेता न्यूजिल्याण्ड र समूह २ को उपविजेता पाकिस्तान बुधबार भिड्ने छन् । बिहीबार समूह १ को उपविजेता इङ्ल्याण्ड र समूह २ को विजेता भारत आमने सामने हुनेछन् ।
Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP