टी–२० विश्वकप : सेमिफाइनल समिकरण पुरा, भारत समूह विजेता
काठमाडौं ।
टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारत समूह २ को विजेता बनेको छ । अष्ट्रेलियाको मेल्बर्नमा आईतबार जिम्बाब्वेलाई हराउँदै भारत समूह विजेता बनेको हो । योसँगै सेमिफाइनल समिकरण पुरा भएको छ ।
यसअघि नै सेमिफाइनल पुगिसकेको भारत पराजित भएको भए यो समूहबाट पाकिस्तान समूह विजेता बन्ने थियो । पाकिस्तान समूह उपविजेता बनेको छ ।
भारतले कुल ८ अङ्क जोड्यो । बङ्गलादेशलाई पराजित गरेर पाकिस्तान पनि सेमिफाइनलमा पुग्यो । तर दक्षिण अफ्रिका भने नेदरल्याण्डसँग पराजित भएपछि बाहिरिएको छ । आइतबार बिहान नेदरल्याण्ड्सलाई दक्षिण अफ्रिकाले हराएको भए पाकिस्तान बाहिरिने थियो ।
सेमिफाइनलमा समूह १ को विजेता न्यूजिल्याण्ड र समूह २ को उपविजेता पाकिस्तान बुधबार भिड्ने छन् । बिहीबार समूह १ को उपविजेता इङ्ल्याण्ड र समूह २ को विजेता भारत आमने सामने हुनेछन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


