जीवितै रहेका चापाकोटका मेयर खाँणका बुवालाई एमालेले भन्यो, ‘मरिसके’

वालिङ,मङ्सिर १४ गते ।
मतदान सकिएको एघार दिन भए पनि स्याङ्जा क्षेत्र नं २ को मतगणना अझै शुरु हुन सकेको छैन ।
चापाकोटको बिषयमा एक पछि अर्काे रहस्यहरु खुल्दै गएकाछन् । नेकपा (एमाले) ले मरेका र बिदेशमा रहेका मतदाताले पनि भोट हालेको भन्दै सूची नै सार्वजनिक गर्यो । जसले सामाजिक सञ्जालनमा निक्कै चर्चा पनि पायो ।
एमालेका नेता तथा स्याङ्जा २ का एमालेका तर्फबाट उमेद्वार बन्नु भएकी पद्मा कुमारी अर्याल, उहाँका श्रीमान् लक्ष्मीपति पौडेल,एमाले जिल्ला अध्यक्ष सूर्य प्रसाद गैह्रे, लगायतले सामाजिक सञ्चालनमा धेरै व्यक्तिहरु मरिसकेको र बिदेशमा रहेको भन्दै नामावली सार्वजनिक नै गरे ।
सार्वजनिक भएका नामावली मध्ये धेरै व्यक्तिहरु जीवितै रहेको र विदेशमा भनिएका व्यक्तिहरु स्वदेशमा नै रहेको पुष्टि हुँदै गएको छ ।
एमालेका नेताहरुले सार्वजनिक गरेको मृतक मतदाता भनिएको नामावलीमा चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाँणका बुवाको नाम पनि समावेश छ । खाँणका वुवा गोबिन्द बहादुर खाँण भने जीवितै हुनुहुन्छ ।
नगरप्रमुख खाँणले सामाजिक सञ्चालनमा लेख्नु भएको छ,‘मेरो पुजनीय पिता गोविन्द बहादुर खाँणको मृत्युु भएको भनी संचारका माध्यमहरूमा एमाले स्याङ्जाले नाम उल्लेख्य गरेको कार्यले दुखित बनाएको छ । जिवितै मान्छे लाई मृत्यु भनी स्याङ्जामा एमाले बाट गरिएको अमर्यादित कार्य प्रति घोर भत्सर्ना सहित कारबाहीको माग गर्दछु ।
समाजमा यस्ता नकारात्मक संदेश दिने , सामाजिक द्वन्द्व बढाउने र समाजलाई आतंकित बनाउने कार्य निन्दनीय छ ।’
खाँण मात्रै होईन मृतक मतदाता भनिएका धेरै व्यक्ति सार्वजनिक भएकाछन् भने उनीहरुले आक्रोस समेत पोखिरहेकाछन् ।
चापाकोट नगरपालिका वडा नम्वर ५ की ७६ बर्षीय जुनमाया दमै पनि जीवीतै हुनुहुन्छ । उहाँले मंसिर ४ गते जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा मतदान गुर्न भएको हो ।
यस्तै चापाकोट ४ का बुद्धि बहादुर शाही पनि जीवितै रहेको भिडियो सार्वजनिक भएको छ । चापाकोटका धेरै व्यक्तिहरु यसरी सार्वजनिक हुने क्रम चलिरहेको छ ।

मङ्सिर ४ गते मतदान सम्पन्न भएको भए पनि अझै मतगणना हुन सकेको छैन ।
चापाकोट नगरपालिका चार बुथमा धाँधली गरी बुथ कव्जा भएको नेकपा (एमाले)ले आरोप लगाउदै पुनः मतदानको माग गरेको छ भने कांग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको छ । दुवै दलले सडकमा धर्ना दिदै आएकाछन् ।

Facebook Comments Box
TOP