चुनावको दिन मंसिर ४ गते कस्ता गाडी चलाउन पाइन्छ ? हेर्नुहोस् ।
काठमाण्डाै : निर्वाचन आयोगले मंसिर ४ गते हुने मतदानको दिन गाडी सञ्चालनको लागि केही सहज बनाएको छ । यसअघिका चुनावहरुमा मतदानको दिन चलाउने धेरैजसो गाडीका लागि आयोग वा आयोगले तोकेका कार्यालयबाट पास लिनुपर्ने व्यवस्था हुने गरेकोमा यस वर्ष तोकिएको सेवा र क्षेत्रका गाडी चलाउन अनुमति लिनु नपर्ने भएको हो ।
आयोगले निकालेको सूचनामा एम्बुलेन्स, शव वाहान, दमकल, खानेपानीका ट्याङ्कर, दुध बोक्ने गाडी, तरकारी फलफूल तथा विद्युत सेवा, दुरसञ्चार र केबलका लागि प्रयोग हुने गाडी निर्वाध रुपमा चलाउन पाउने उल्लेख छ ।
यस्तै सञ्चारकर्मीले प्रयोग गर्ने गाडी, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले प्रयोग गरेको गाडी, निर्वाचन आयोगबाट जारी प्रमाणपत्रबाहक व्यक्तिले प्रयोग गरेका गाडी तथा पर्यटक बोक्ने हरियो नम्बर प्लेटका गाडी चलाउन पनि अनुमती लिन नपर्ने भएको छ ।
यस्तै कुटनीतिक नियोगका पदाधिकारी तथा कर्मचारी, सुरक्षाकर्मी र मतदान केन्द्रमा खटिने कर्मचारी तथा स्वयम्सेवकले प्रयोग गर्ने गाडी पनि निर्वाध रुपमा चल्न दिने आयोगले जनाएको छ ।


समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


