कांग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेको एमालेको आरोप ।
५ मंसिर, स्याङ्जा :
नेपाली कांग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको नेकपा एमालेले आरोप लगाएको छ ।
चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राममन्दिर, दिनदलायु, चिठ्ठी पोखरी बुथमा कांग्रेसले धाँधली गरेको भन्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको जनाएको हो ।
धाँधली भएको भनि उजुरी परेका बुथ चापाकोट ३, ४ र ५ वडाका हुन् । अनधिकृत रुपमा बुथ कब्जा गरी अन्य दलका प्रतिनिधिहरुलाई जबरजस्त बाहिर निकाएको उजुरीमा उल्लेख छ । ति बुथमा पुन मतदान गरिएको बताईएको छ ।
स्याङ्जा २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले धाँधली गरिएको भन्दै उजुरी परेको जानकारी दिनुभयो । ‘चापाकोट केही वडाको विषयमा उजुरी आएको छ । हामी बुझ्दैछौं । उजुरीमा धाँधली गरिएको व्यहोरा छ ।’ निर्वाचन अधिकृत शर्माले भन्नुभयो ।
नेकपा एमाले सहितका बिभिन्न दलले उजुरी दिएको बताईएको छ ।
स्याङ्जा २ मा कांग्रेसबाट उपसभापति धनराज गुरुङ उम्मेदवार छन् । नेकपा एमालेको सचिव पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टिकराज गुरुङ लगायत उमेद्वार रहेकाछन् ।
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


