भ्रष्टाचार विरुद्ध मेरो अभियान : उम्मेदवार गुरुङ

वालिङ ११ डौँवामा नेपाली कांगे्रसले चुनावी भेला सम्पन्न गरेको छ । उक्त भेलालाई सम्बोधन गर्नुहुँदै स्याङ्जा क्षेत्र नंं. २ का उम्मेदवार तथा नेपाली कांगे्रसका केन्द्रिय उपसभापति धनराज गुरुङले भ्रष्टाचार विरुद्ध आफ्नो अभियान रहेको बताउनुभएको छ । देशलाई गरिबिबाट मुक्त बनाउनको लागी भ्रष्टाचारलाई जरैदेखि उन्मुलन गर्नुपर्ने भन्दै आँफू सँधै भ्रष्टाचारको विरोधी रहेको बताउनुभएको हो । मतदाताहरुलाई भ्रष्टाचार विरुद्ध आफ्नो मत दिन आग्रह गर्दै यहाँका भौतिक विकास तथा आधारभुत आवश्यकता परिपुर्ति गर्ने प्रतिवद्धता जनाउनुभयो ।

साथै उहाँले भ्रष्टाचारले देशलाई खोक्रो बनाउने भन्दै आफ्नो मत दिँदा भ्रष्टाचार विरोधीलाई दिन आग्रह गर्दै सधैँ जनताको बीचमा रहेर काम गर्ने उम्मेदवारलाई छान्न आग्रह गर्नुभयो ।

यस्तै प्रदेश क का उम्मेदवार भोजराज अर्यालले वालिङ ९ को कोणसभालाई सम्बोधन गर्दै छोटो समयमा नै फट्को मारेका सिगांपुर मलेसिया लगायत देशले बिकासमा गति लिदैं गर्दा हाम्रो देश भने जहाँको त्यहीँ रहेको बताउनुभयो । बिकासमा गति लिएको देश मलेसिया नेपाली युवाको रोजगारीको केन्द्र बनेको भन्दै हाम्रो देशमा मौलाईरहेको भ्रष्टाचारले गर्दा युवालाई रोजगारी दिन चुकेको बताउनुभयो । साथै उहाँले प्रलोभनमा पार्न सक्ने भन्दै क्षणिक सुख प्राप्तिका लागि भविष्यका सुखहरुलाई नकुल्चिन आग्रह गर्नुभयो । लाखौ युवाको लागि स्वरोजगार सिजर्ना गर्न प्रण गर्दै उहाँले नेपाली काँग्रेस पार्टिलाई मत दिन आग्रह गर्नुभयो ।

मंसिर ४ गते हुने निर्वाचनमा यसपटक ईमान्दारिताका पक्षमा आफ्नो अभिमत दिन आग्रह गर्दै जनप्रतिनिधि जनताको भारी बोक्ने भरिया भएको बताउनुभयो । निर्वाचित भईसकेपछि जनतासंग गरेका वाचा भुल्न नहुँने भन्दै जनताको आर्शिवादले नै जनप्रतिनिधि निर्वाचित हुने बताउनुभयो । कार्यक्रममा पुर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मी, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल र सुनिता उच्चै, प्रदेश सदस्य कविता तिवारी गैह्रे, क्षेत्रिय सभापति दिलिपप्रताप खांण, पुर्णप्रसाद अर्याललगायतले बोल्नुभएको थियो ।

Facebook Comments Box
TOP