डेंगी संक्रमितको संख्या ५० हजार नाघ्यो, ५५ जनाको मृत्यु ।
काठमाण्डौ:
डेंगीबाट हालसम्म संक्रमित हुनेको संख्या ५० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार डेंगीबाट अहिलेसम्म संक्रमित संख्या ५० हजार २६३ पुगेको छ ।यो वर्ष अहिलेसम्मकै सबैभन्दा बढी व्यक्तिमा डेंगी संक्रमण भएको हो ।
डेंगी प्रकोपको जोखिम कात्तिक महिनासम्म रहने विज्ञहरुको आकलन रहेको छ ।जाडो महिना सुरु भएपछि लामखुट्टेको वृद्धिविकास कम हुने भएकाले डेंगीको संक्रमण कम हुँदै जाने हुन्छ । जाडो सुरु भएपछि केसहरु कम देखिन थालेका छन् । कात्तिक १५ देखि कात्तिक २० गतेसम्म छ सय २४ जनामा संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।
२–३ वर्षको अन्तरालमा डेंगीले नेपालमा प्रकोपको रुप लिने गरेको छ । सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रूप लिएको थियो । सातै प्रदेशअन्तर्गतको ७७ जिल्लामा फैलिएको डेंगीबाट ५५ जनाको मृत्यु भइसकेको छ ।
डेंगीको जोखिम कम गर्न लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् । डेंगी गराउने लामखुट्टे फोहोरभन्दा सफापानीमा अण्डा पार्ने ,पछाडिबाट आएर टोक्ने, खुट्टामा टोक्ने, टेबुलमुनिबाट टोक्ने खालको हुने भएकाले लामखुट्टे भगाउने उपायहरु अपनाउने, पानी जम्न नदिनु नै यसबाट बच्ने प्रमुख उपाय भएको उनीहरूको सुझाव छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


