एमालेको आक्रमणमा घाईते भएका वोस्तीको पोखरामा उपचार हुँदै ।
वालिङ :
चापाकोट नगरपालिका वडा नम्वर १ भानु मावि मतदान केन्द्रमा मतदानका क्रममा एमालेका प्रतिनिधिको आक्रमणबाट घाईते भएका भरत वोस्तीको पोखराको गण्डकी मेडिकल तथा शिक्षण अस्पतालमा उपचार भई रहेको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधि बसेको वडा सदस्य समेत रहेका सन्तोष थापाले काँग्रेसका प्रतिनिधि भरत वोस्तीलाई आक्रमण गरी घाईते बनाएका हुन् । मतदानको सामान्य बिषयलाई लिएर थापाले एक्लै पारी वोस्ती माथि आक्रमण गरेको स्थानीय पत्रकार गोपिकृष्ण रेग्मीले जानकारी दिनुभयो । घाईते वोस्तीको वालिङ प्राथमिक अस्पतारमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा लगिएको प्रहरीको भनाइ छ । घाईते वोस्तीको टाउको तथा अनुहारमा गम्भिर चोट लागेको उहाँका भाई एबं नेविसघंका नेता अमृत वोस्तीले जानकारी दिनुयभो ।
आईतवार मतदानका क्रममा काँग्रेसका प्रतिनिधि माथि वोस्ती माथि आक्रमण भए पछि झण्डै ३ घण्टा मतदान रोकिएको थियो भने स्थिति सामान्य पार्न प्रहरीले गोलि नै चलाउनु परेको थियो ।
विवाद पछि बसेको सर्वदलिय वैठकले कुटपिटमा संलग्न सन्तोष थापालाई पक्राउ गरी कारवाही गर्ने सहमती पछि मतदान सूचारु भएको थियो ।
यसैबीच नेपाली काँग्रेसका उपसभापति तथा क्षेत्र नं. २ का उमेद्वार धनराज गुरुङले वालिङ प्राथमिक अस्पतालमा पुगी घाईते वोस्तीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नु भएको छ ।


समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


