पाल्पामा भएको दुर्घटनामा स्याङ्जाका मोहन पाण्डेको मृत्यु ।
पाल्पा, १८ कात्तिक :
सिद्धार्थ राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी स्याङ्जाको चापाकोट नगरपालिका ५ घर भई वालिङमा फर्निचर चलाउदै आएका ४१ वर्षीय मोहनप्रसाद पाण्डको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
शुक्रवार दिउसो पाल्पाको तिनाउ गाउँपालिका ३ झुम्सास्थित सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलका लागि छुटेकोे ग १६ प १४८६ नम्बरको मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको लु २ ख २४९ नम्बरको बसले ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भिर घाईते भएका पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिई घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


