कास्कीमा विभिन्न मुद्धाका फरार १० जना अभियुक्त पक्राउ।
पोखरा:
कास्की प्रहरीले विभिन्न मुद्धाका फरार १० जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको प्रहरीको टोलीले एकैपटक १० जनालाई पक्राउ गरेको हो।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार पक्राउ पर्नेहरु जिल्ला अदालत कास्कीबाट विभिन्न मितिमा कैद तथा जरिवानाको फैसला भइ फरार रहंदै आएका छन्।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका – २९ भण्डारढिक निवासी वर्ष ७२ को टेक बहादुर गुरुङ, पोखरा -२९ भण्डारढिक निवासी ७१ वर्षीया रन माँया गुरुङ, सोही ठेगाना भएका ४० वर्षीय शेरमान गुरुङ, ३९ वर्षीय निरमान गुरुङ, ३६ वर्षीय बेल कुमार गुरुङ, ३१ वर्षीया जमुना गुरुङ र २६ वर्षीया बिपना गुरुङ रहेका छन्।
यस्तै सवारी ज्यान मुद्दामा अदालतले २ महिना १० दिन कैद तथा २ हजार जरिवाना सजाय तोकेकोमा हालसम्म फरार रहंदै आएका तनहुँ शुक्ला गण्डकी नगरपालिका – २ कोत्रे निवासी ३६ वर्षीय सन्तोष पुन, सवारी ज्यान मुद्धाकै धादिङ स्थायी घर भई हाल पोखरा -३२ मजुवा बस्दै आएका ४० वर्षीय चक्र बहादुर गुरुङ र लागु औषध मुद्धामा १० महिना १६ दिन कैद सजाय तोकी हालसम्म फरार रहंदै आएका पोखरा ३१ मोहरिया निवासी १९ वर्षीय सुनिल बि।क रहेका छन्।
पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कास्कीमा बुझाइएको प्रवक्ता तिवारीले जानकारी दिए।
समाचार
थप सामाग्री-
उद्यमविकासमा उदाहरणीय काम गरेका कांग्रेस उमेदवार ढकालको १० बुँदे संकल्प सावजनिक
-
स्वतन्त्र उम्मेद्वार नेपालीद्वारा काँग्रेसका ढकाललाई समर्थन
-
समृद्ध स्याङ्जा र सुखी स्याङ्जालीको सङ्कल्पमा क्षेत्र नं २ मा खिम बहादुर थापा
-
कांग्रेसका ढकाल र मल्लको सङ्कल्पपत्र :सिद्धार्थ राजमार्ग स्तरोन्नति देखि ‘कृषि हब’ निर्माणसम्मको प्रतिबद्धता
-
नीतिगत सुधार गर्न भरतराज चुनावी मैदानमा
एकाबिहानै फेवातालमा कार खस्यो,स्याङ्जाका २४ बर्षीय युवाको मृत्यु ।
४ दिन अगाडि
पोखरा : पोखराको फेवातालमा कार डुब्दा एकजनाको मृत्यु भएको छ । गएराति २ बजे पोखरा महानगरपालिका–६ पामेस्थित फेवातालमा कार खस्दा…


