महिला फुटबल : एपिएफ र पुलिस क्लव फाईनमा भिड्दै
स्याङ्जा :
स्याङ्जाको वालिङमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल प्रतियोगितामा विभागीय टिम फाईनलमा भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनलमा एपिएफ क्लव र पुलिस क्लव फाईनमा पुगेका छन् । सेमिफाईनलमा एपिएफ क्लव, पुलिस क्लव, प्रदेश नम्वर १ र त्रिभुवन आर्मी क्लव पुगेका थिए । मंगलबार भएको दुई खेलमा एपिएफले आर्मी क्लवलाई हराएको छ भने पुलिस क्लवले प्रदेश नम्वर १ लाई हराएको छ ।
मंगलबार भएको सेमिफाईनलको पहिलो खेलमा नेपाल पुलिस क्लवले प्रदेश नम्बर १ लाई ३–० को गोल अन्तरले पराजित गर्र्दै फाईनलमा पुगेको छ । खेलको १३ आँै मिनेटमा पुलिस क्लबकी रेखा पौडेलले पहिलो गोल गर्दै आफ्नो टिमलाई फाईनल खेलमा पु¥याउन सहजता दिलाएकी हुन् । लगत्तै खेलको १९ औँ मिनेटमा निर्मला वि.क ले दोस्रो गोल गरिन् भने ८० औँ मिनेटमा निर्मला उपाध्यले तेस्रोे गोल गरेर ३ गोल अन्तरले जित हात पारेका थिए ।
यस्तै मंगलबार भएको दोस्रो खेलमा एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गरेको छ । खेलको पहिलो हापमा गोल गर्न दुबै टिमले सकेनन् । खेलको दोस्रो हाफको ५६ औँ मिनेटमा एपिएफकी खेलाडी सावित्रा भण्डारीले एक गोल गर्न सफल भएकी थिईन् । सो १ गोलले एपिएफको टिमलाई फाइनलमा पु¥याउन सफलता मिलेको थियो । एपिएफ र आर्मी क्लवको खेल अत्यन्तै रोचक देखिएको थियो । फाईनल खेल भने विहीबार हुने आयोजकले जानकारी गराएको छ । राष्ट्रिय खेलकुदको महिला फुटबल प्रतियोगिता कात्र्तिक ३ गते बिहीबार सम्पन्न हुने छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


