पानी जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ कायम ।
काठमाडौं : सरकारले बोतल र जारको पानीको मूल्य तोकिदिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको मूल्य ४७ र एक लिटर बोतलको पानीको मूल्य १६ रुपैयाँ तोकिदिएको हो ।
यद्यपि विभागले नै जारको अधिकतम खुद्रा मूल्य ५० रुपैयाँ तोकेको थियो । अहिले ३ रुपैयाँ घटाएर मूल्य निर्धारण गरेको हो । विभाग आफैले गरेको एक अध्ययन अनुसार उद्योगले एक जार पानी औसत २५ रुपैयाँ पर्छ। फेरि सरकार आफैले मूल्य निर्धारण गर्दा प्रति जार ४७ रुपैयाँ उपभोक्ता मूल्य तोकिदिएको हो । यस अघि २०७७ सालमा सर्वसाधारणका लागि अधिकतम मूल्य ५० रुपैयाँ निर्धारण गरेको थियो।
त्यस अघिसम्म सर्वसाधारणले एक जार पानी किन्दा औसतमा ३५ देखि ४० रुपैयाँ तिरिरहेका थिए। विभागले काठमाडौं उपत्यकामा २० लिटरको जार पानीको अधिकतम खुद्रा मूल्य ४७ रुपैयाँ कायम गरिएको छ। त्यस्तै, उपत्यकामा १ लिटरको बोटलको पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ कायम गरेको छ।
विभागले सार्वजनिक गरेको मूल्यमा २० लिटरको जारको मूल्य घटाए पनि एक लिटरको बोटलमा भने मूल्य यथावत नै राखेको छ। त्यस्तै उपत्यका बाहिर एक जार पानीको अधिकतम मूल्य ६० रुपैयाँ र १ लिटरको बोटलको मूल्य २० रुपैयाँ कायम गरेको छ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


