अविरल वर्षाका कारण वालिङ-बायँटारीका ५ घर जोखिममा
वालिङ,असोज २१ गते ।
अविरल वर्षासंगै पहिरो जादा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका ५ घर जोखिममा परेका छन् ।
अविरल वर्षासंगै पहिरो जादा बायँटारीका ५ पक्की घरअगाडि पहिरो खस्दा ती घरहरु उच्च जोखिममा परेका हुन् । वालिङ नगरपालिका १३ का बायँटारीका धनबहादुर डाला, पृथलाल गुरुङ, हाइमाया गुरुङ र इन्द्रबहादुर सार्कीलगायतको घरअगाडि पहिरो जाँदा घरहरु जोखिममा परेका वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो ।

जोखिममा रहेका घरका परिवारलाई अन्त्र स्थानान्तरण गरिएको छ । जोखिममा रहेका मध्ये तीन घर परिवारलाई मगर भवनमा सारिएको छ भने दुई घर आफन्तको घरमा बसेको अध्यक्ष डुम्रेले जानकारी दिनुभयो । घरमा रहेका सम्पुर्ण सामानहरु सारिएको छ । तत्काललाई वर्षाबाट जोखिम कम गर्नका लागि प्लाष्टिकले पानी तर्काउने काम गरिएको छ ।
घर नै जोखिममा पर्ने गरी पहिरो गएको खबर पाए लगतै वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँण,उपप्रमुख कविता तिवारी गैह्रे, वडा अध्यक्ष नमलाल डुम्रे लगायत पहिरो स्थलमा पुगेर प्लास्टिकको पाल लगायतका सामग्री पहिरो गएको स्थानमा राखेर थप पहिरो जानबाट रोक्ने प्रयास गरिएको छ । शसस्त्र र जनपथको सहयोगमा प्लाष्टिकहरु बिछ्याईएको छ ।


तस्वीर- कविता तिवारी,वालिङ नगरउपप्रमुख-सचिवालय
समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


