हतियार बुझाउन स्याङ्जा प्रशासनको आग्रह ।
स्याङ्जा :
घरमा राखिएका हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना जारी गर्दै २०७९ कात्र्तिक ६ गते भित्र हातहतियार बुझाउन सम्वन्धित सबैलाई अल्टिमेटम दिएको हो । आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि इजाजत लिएर घरमा राखिएका हातहतियार प्रशासनलाई बुझाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
निर्वाचनलाई भयरहित वातवारणमा सम्पन्न गर्ने अभिभारा हामी माथी रहेको छ प्रजिअ क्षेत्रीले भने,‘इजाजत प्राप्त गरेका हातहतियार नजिकको प्रहरी इकाईमा बुझाएर सहयोग गर्न अनुरोध गरेका हौं ।’ निर्वाचन सकिएपछि आफ्ना हातहतियार फिर्ता लान पाइने छ प्रजिअ क्षेत्रीले भने । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकारलाई सुरक्षित गर्न जिल्ला प्रशासनले सुरक्षा व्यवस्थालाई जिल्लाभर मजबुद बनाउने अभियानमा लागेको छ ।
२ संघिय निर्वाचन क्षेत्र र ४ प्रदेशसभा रहेको स्याङ्जा कास्की, पर्वत, गुल्मी, पाल्पा, तनहुँ सिमानामा पर्ने जिल्ला हुन् । मंसिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक दल सहित स्वतन्त्र गरी झण्डै ६० जनाले संघिय सांसद र प्रदेश सांसदमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन सम्पन्न गर्न सर्वदलिय, सर्वपक्षिय बैठक सम्पन्न गर्दै सम्वेदनशिल र अति सम्वेदनशिल मतदान केन्द्रको स्थलगत अनुगमनपछि निर्वाचन आयोग सहित जिल्ला प्रशासनले रणनीतिक कार्ययोजना बनाएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


