शिवकुमार स्मृति प्रतिष्ठानद्धारा ३ जनालाई सम्मान
भवानी अधिकारी,
स्याङ्जा ३० असोज ।
शिवकुमार स्मृति प्रतिष्ठानबाट यसबर्ष ३ जना सामाजिक ब्यक्तित्वलाई सम्मान गरिएको छ।
स्याङ्जा साहित्य प्रतिष्ठान, राङ्खोला लक्ष्मी स्मृति पुस्तकालय तथा शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानद्धारा आयोजित लोकसाहित्य सङगोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो।
सम्मानित हुनेमा पुतलीबजार नगरपालिका ८ का देवबहादुर सिंह ठकुरी, फेदिखोला गाउँपालिकाका तारापति सुवेदी र त्रिभुवन विश्वबिद्यालयका प्राध्यापक एवं कास्की निवासी सहप्राध्यापक पूर्णप्रसाद अधिकारी छन्।
सिंह र सुवेदीलाई प्रजातान्त्रिक आन्दोलनमा क्रियाशिल रहि नेतृत्वदायी भूमिका निर्वाह गरेको र अधिकारीलाई साहित्य र सृजनामा उल्लेखनीय योगदान पुरयाएको भन्दै सम्मान गरिएको हो।
उनीहरु सबैलाई दोसल्ला, माला, प्रमाणपत्र र जनही २०÷२० हजार नगद सहित सम्मान गरिएको शिवकुमार अधिकारी स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष सुबोधकुमार अधिकारीले जानकारी दिए।
प्रतिष्ठानका संरक्षक विश्वप्रेम अधिकारी, कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक कपिल अज्ञात र प्रतिष्ठानका संस्थापक अध्यक्ष सुवोधकुमार अधिकारीले सम्मान गरेका हुन्।
नेपाली कांग्रेस स्याङ्जाका नेता तथा पूर्व जिल्ला विकास समितिका पूर्व सभापति स्वर्गिय शिवकुमार अधिकारीको सम्झनामा उनका परिवारद्धारा स्थापित शिबकुमार अधिकारी स्मृति प्रतिष्ठानले बर्षेनी ३ जनालाई सम्मान गर्दै आएको छ।
अधिकारी राजनीतिकर्मीसंगै साहित्य सर्जक भएकाले आफना पिताजीको स्मृति प्रतिष्ठान स्थापना गरीएको छोरा सुबोधकुमार अधिकारीले जानकारी दिए।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


