स्याङ्जाका डा. मित्र काफ्ले ‘हामी नेपाली ग्लोवल अन्तराष्ट्रिय’ क्यानडाका लागि कन्सुलर नियुक्त ।
स्याङजा :
स्याङजाका डा. मित्र काफ्ले हामी नेपाली ग्लोवल क्यानडाका लागि कन्सुलर नियुक्त हुनु भएको छ ।
काफ्लेको योग्यता तथा काम गर्ने क्षमताका कारण क्यानडामा रहेका धेरै नेपालीहरुलाई राम्रो सहयोग पुगिरेहेको भन्दै हामी नेपाली ग्लोवल क्यानडाका अध्यक्ष अमृत लामाले प्रवासी नेपालीका लागि काफ्लेबाट अभिभावकिय भूमिकाका तथा बिभिन्न सहयोग र समन्वय हुने जानकारी दिनुभयो ।
लामो समय देखि क्यानडामा बस्दै आउनु भएका डा. काफ्ले सामाजिक अभियान्ताका रुपमा समेत परिचित हुनुहुन्छ ।
डा.काफ्ले गएको बर्ष क्यानडाको उत्कृष्ट नागरिक सम्मानबाट समेत पुरस्कृत हुनु भएको थियो । उहाँलाई कोभिड १९ को विषम परिस्थितिमा पनि समुदायमा पु¥याएको योगदानको कदर गर्दै अन्टरियो प्रान्त अन्तरगतको व्रम्टन सहरको उत्कृष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो ।
वालिङ नगरपालिका १ मा जन्मेका डा.काफ्ले १२ वर्षदेखि क्यानडामा बस्दै आउनु भएको छ । ४९ वर्षीय काफ्ले विभिन्न सामाजिक कार्यमा सक्रिय हुनु हुन्छ ।
पछिल्लो समय काफ्लेले नेपालमा ‘गिड्स इन नेपाल–बिल्डिङ सेफ एण्ड हेल्दी नेपाल ” नामक गैरसरकारी संस्था स्थापनागरी सक्रियता बढाउनु भएको छ । नेपालमा मानव अधिकार, महिला ससक्तिकरण, बाल अधिकार, अन्तरदेशीय मानव तस्कर न्युनिकरणका क्षेत्रमा काम गर्ने काफ्लेको योजना छ ।
डा. काफ्लेले हार्भर्ड बिश्वबिद्यालयबाट संगठनात्मक नेतृत्वमा अध्ययन समेत गर्नु भएको छ भने उहाँ एक अन्तरराष्ट्रिय स्तरको प्रभावसाली राजनीतिज्ञ, अन्तराष्ट्रिय लायन्स क्लब का सस्थापक प्रेसिडेन्ट, एन आर एन ए क्यानडाका सस्थापक ,ए एन ए का पूर्व उपाध्यक्ष एबम् सफल व्यवसायी हुनुका साथै प्रमुख कार्यकारी अधिकारी समेत हूनुहुन्छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


