एमाले सचिव अर्याल विरुद्ध युवा नेता न्यौपानेले दिए ‘बागी’ उम्मेद्वारी।
वालिङ,असोज २३ गते ।
नेकपा एमालेकी सचिव पद्मा अर्यालविरुद्ध उनकै पार्टीका नेताले बागी (स्वतन्त्र) उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्यका लागि स्याङजा -२ बाट सचिव अर्याल विरुद्ध कपिलदेव न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
न्यौपाने एमाले गण्डकी प्रदेशको सदस्य तथा एमालेको युवा तथा खेलकुद विभागको प्रमुख समेत रहनु भएको छ । पार्टीहरुले जनताका इच्छा आकांक्षा पुरा गर्न नसकेकाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको र निर्वाचित भएर जनताको काम गर्ने बताउनु भएको छ । आफ्नो उमेद्वारी कोही बिरुद्ध नभएको न्यौपानेले बताउनु भयो तर युवा माफ लोकप्रिय रहनु भएका न्यौपानेको उमेद्वारीले एमाले भित्र भने निक्कै चर्चा पाएको छ ।
न्यौपाने उमेद्वारी दिन कै लागि पार्टीबाट राजिनामा दिनु भएको बताईएको छ ।
सोही क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उपसभापति धनराज गुरुङले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


