मनोरञ्जन पार्कको रुप लिदै वालिङको सरसफाई केन्द्र ।
स्याङजा, भदौ १६ गते :
फोहोर संकलन गरी राख्ने ठाँउ भन्ने बित्तिकै अव्यवस्थित र दुर्गन्धित ठाँउ होला भन्नेमा कुनै शंका रहदैन । जो कोहीको मनमा पनि नराम्रो सोच आईहाल्छ अर्थात फोहोर बस्तुले भरिएको वा राखिएको ठाँउ भन्ने सहजै बुझिन्छ । यस्तो ठाँउलाई कसैले पनि सफा ठाँउ भनेर बुझदैन । तर वालिङ नगरपालिकाको सरसफाई केन्द्र भने यसको अपवाद बनेको छ ।
नगर भित्रको फोहोर बस्तु संकलन गरी व्यवस्थापन गरिदै आएको यस केन्द्रमा भने तीजको अवसरमा नाचगान गर्ने, जन्मदिन पारेर केक काट्ने हरुको भीड नै लाग्ने गरेको छ ।
काठमाण्डौंको फोहोर व्यवस्थापन गर्न नसकेर अस्तव्यस्त भईरहेको समाचार आईरहेका बेला वालिङले भने फोहोरलाई मोहोरमा समेत बदलि रहेको छ । भने सरसफाई केन्द्र पनि व्यवस्थित र आकर्षक रहेको छ ।
तीजको अवसर पारेर नाचगान गरिरहेका वालिङ १ तमु समाजकी सदस्य डिलमाया गुरुङ भन्नुहुन्छ, ‘हामीलाई निक्कै आनन्द आएको छ । फोहोर तथा दुर्गन्ध छैन हामीलाई त्यसको भान हामीलाई छैन ।’
पछिल्लो समय सरसफाई केन्द्र पिकनिक खाने तथा बिशेष समयमा कार्यक्रम गर्ने स्थल नै बनेको छ । अर्काे तर्फ घुम्न जाने एक गतिलो ठाँउ पनि बनेको छ ।
वालिङमा ल्याण्डफिल साइड प्रयोगमा छैन संकलन भएका बस्तुहरु छुट्याउने गरीन्छ र बिक्रिबितरण गर्ने गरिन्छ ।
तत्कालिन नगरप्रमुख दिलिपप्रताप खाँण नेतृत्वमा गरिएको यो अनुकरणीय कामको कारण सर्वसाधारण यो केन्द्रमा रमाउन जाने गर्छन ।
सरसफाइ केन्द्र पछिल्लो समय सिकाइ केन्द्रका रूपमा समेत स्थापित हुँदै गएको छ । स्मार्ट सिटीको अवधारणा अनुरूप अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले फोहोरमैलाको उचित व्यवस्थापन गरेर आम्दानीको स्रोतमा रुपान्तरण गरेसँगै देशका विभिन्न पालिका तथा फोहोर मैलाका क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्था अध्ययनका लागि आउने गरेका छन् ।
कतिपय ठाउँमा फोहोरमैला व्यवस्थित तरिकाले नछुट्टयाइने र जम्मा गर्ने मात्रै गर्दा डम्पिङ साइटका रूपमा रहने गरेकाले नजिकैको स्थानीय समुदाय विरोधमा उत्रिएर फोहोर फाल्न नदिने गरेको उदाहरण प्रशस्तै छन् तर वालिङमा भने यसको कुनै समस्या छैन ।नगरपालिकाले फोहोरलाई आर्थिक स्रोतका रूपमा विकास गरेपछि यसबारे बुझ्न आउनेहरू बढ्दै गएका छन् । फोहोर मैला व्यवस्थापन चुनौतीका रूपमा देखिरहेका बेला त्यसको व्यवस्थापनबारे यहाँ आएर अध्ययन अवलोकनपछि आआफ्ना ठाउँमा कार्यान्वयन गर्ने सङ्घसंस्था धेरै छन् ।
‘फोहोरमैलाको व्यवस्थापनमा पुरस्कृत भइसकेको वालिङ नगरपालिकाको मोडेलका बारेमा धेरैले खुलेर प्रशंसा गर्ने गरेकाछन् ।
एक दिन कुहिने, एक दिन नकुहिने र महिनामा एक दिन सिसाजन्य फोहोर सङ्कलन गर्ने गरिएको छ ।
फोहोर वर्गीकरण गरेर व्यवस्थापन गर्न सकियो भने आम्दानीको स्रोत हुन्छ भन्ने उदाहरण वालिङमा देख्न सकिन्छ ।
फोहोरमैलाका क्षेत्रमा अन्य ठाउँमा निजी क्षेत्रसँगको साझेदारीमा काम भइरहेको तथा पछिल्लो समय नगरपालिका आफैँले व्यवस्थापन गर्दै आएको नगरपालिकाले जनाएको छ ।
कुहिने–नकुहिने सिसाजन्य फोहोर सबै एकैठाउँमा फालियो भने व्यवस्थापन नभई फोहोर हुने र राम्रोसँग व्यवस्थापन गर्ने वा वर्गीकरण गरेर पुनः प्रयोग गर्न सकेमा आम्दानीको स्रोतका रूपमा रुपान्तरण हुने वालिङका पूर्ब नगर प्रमुख दिलिपप्रताप खाँणको भनाई छ ।
‘राम्रो व्यवस्थापनले फोहोर समस्या नभई आर्थिक विकासको माध्यम हुन सक्छ”, भन्ने यसअघिको अवस्थालाई थप प्रभावकारी बनाउने बर्तमान् नगर प्रमुख कृष्ण खाँणले बताउनु भयो । उहाँले भन्नुभयो,‘नगरपालिकाको बिशेष पहिचान रहेको यसको व्यवस्थापन गर्दै आम्दानीको स्रोत बढाउने हाम्रो योजना छ ।’
नगरपालिकाले निर्माण गरेको ‘बेष्ट रिसोर्स म्यानेजमेन्ट सेन्टर’ मा नै दिसाजन्य लेदो व्यवस्थापन प्लान्ट सञ्चालनमा ल्याइएको छ । दिसाजन्य लेदो व्यवस्थापन शहरी क्षेत्रमा चुनौतीका रूपमा देखा परिरहेका बेला वालिङमा त्यसको व्यवस्थापनका लागि कारखाना निर्माण गरी सञ्चालनमा ल्याइएको उपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो ।
घरघरमा रहेका सेफ्टी ट्याङ्की भरिएपछि बाहिरी खुला ठाउँमा लगेर आफूखुशी फाल्ने गरेका कारण ढल, खोलानाला तथा पानीका स्रोत प्रदूषित भएकाले त्यसको उचित व्यवस्थापनका लागि प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याइएको उपप्रमुख तिवारीको भनाई छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …