वालिङमा मिनि म्याराथन सम्पन्न : सुजन र पुजा बने पहिलो ।
असोज ८ गते ।
स्याङ्जाको वालिङमा शनिवार सम्पन्न भएको मिनि म्याराथन प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री पहिलो हुनु भएको छ । त्यस्तै दाङका मनोज रोका मगर दोस्रो र स्याङ्जाका गीर प्रसाद गुरुङ तेस्रो तथा पाल्पाका गिरमान श्रेष्ठ चौथो भएकाछन् । उनीहरुले क्रमशः रु ३० हजार,२० हजार, १० हजार , ४ हजार नगद सहित शिल्ड र मेडल पुरस्कार पाएकाछन् ।
यस्तै महिला तर्फ पुस्पा गुरुङ पहिलो,दिपकला सार्की दोस्रो र ईन्द्रमाया खत्री तेस्रो भएकाछन् । उनीहरुले क्रमश रु १० हजार,रु ५ हजार र रु ३ हजार नगद सहित शिल्ड र मेडल पुरस्कार पाएकाछन् ।
लियोे क्लव अफ वालिङ सिटीको आयोजनामा भएको ‘दोस्रो लियो कप २०२२ मिनी म्याराथन’ प्रतियोगितामा पुरुषका लागि १७ दशमलव ७ किलोमिटर र महिलाको लागि ९ दशमलव ८ किलो मिटरको दौड तय गरिएको क्लवका पूर्ब अध्यक्ष दिक्षान्तप्रताप खाँणले जानकारी दिनुभयो ।

भीरकोट नगरपालिकाको कार्यालय गेटबाट सुरु भएको प्रतियोगिता वालिङ नगरपालिकाको कार्यालय गेटमा आएर पुरा भएको थियो ।
देशका विभिन्न शहरहरुमा हुँदै आएको म्याराथन प्रतियोगिता स्याङ्जामा पनि आयोजना गरेर खेललाई स्थानीय तहसम्म पु¥र्याइ खेल प्रतिभा खोज्ने आयोजकले जनाएको छ । स्याङ्जाको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने मुख्य उद्धेश्य राखेर म्याराथन प्रतियोगिता राखिएको आयोजक समितिका संयोजक हरी रेग्मीले बताउनुभयो ।
‘मिनी म्याराथन’मा गण्डकी प्रदेशका तथा अन्य जिल्लाहरुबाट गरी १२० जना धावकहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पुरुष तर्फ पाँचौ कर्ण बहादुर खड्का, छैटौँ फन बहादुर रोका र सातौँ शुसिल कुमाललाई जनही नगद ३ हजार,मेडल र प्रमाणपत्र तथा आठौँ सागर थापा,नवौँ सञ्जय कुमार गुप्ता र दशौँ स्थान हासिल गर्ने बिजय श्रेष्ठलाई नगद २ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिजेतालाई पुरस्कार वितरण गर्दै निवर्तमान् संघीय सांसद तथा काँग्रेस नेता मोहनप्रसाद पाण्डेले खेल क्षेत्रले राष्ट्रलाई चिनाउने काम गरेको बताउनु भयो ।
भीरकोटबाट प्रतियोगिताको शुभारम्भ भने भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्यले गर्नु भएको थियो ।
कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी,काँग्रेस नगर सभापति नेत्रप्रसाद पाण्डे,वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी विकास समितिका अध्यक्ष कविता भुषाल,लियो जिल्ला परिषद ३२५ बि एम का अध्यक्ष शिसिल भण्डारी लगायतले बोलेका थिए ।
कार्यक्रममा लियो क्लव अफ वालिङका प्रथम उपाध्यक्ष प्रज्वल रनपालको स्वागतसँगै शुरु भएको पुरस्कार बितरण कार्यक्रम अध्यक्ष सुमना लामिछानेको अध्यक्षता र सचिव किसोर बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।



समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


