वालिङमा सहकारी व्यवस्थापन कार्यशाला गोष्ठि

स्याङ्जा :
सहकारी संचालनलाई व्यवस्थीत बनाउन नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कुन) ले प्राविधिक सहयोग गर्दै आएको छ । नेफ्स्कुन सगँ आवद्ध भएका सहकारीहरुलाई संघले प्राविधिक सहयोग गर्दै आएको हो । संघले गण्डकी प्रदेशभित्रका सहकारीहरुलाई सहकारीले गर्नुपर्ने न्युनतम मापदण्डका बिषयमा र पालना गर्नुपर्ने नियमका बिषयमा कार्याशाला गोष्ठि मार्फत प्राविधिक सहजीकरण गर्दै आएको छ । यसैक्रममा ८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला वालिङमा सम्पन्न भएको छ ।

वालिङमा आयोजना गरिएको कार्यशालाको ऋद्विसिद्वि बचत तथा ऋण सहकारीको आयोजना गरेको थियो । नेफस्कुनको प्राविधिक सहयोगमा भएको ८ औ कार्यशाला तथा सिकाई व्यवस्थापन कार्यशालाको उद्घाटन गर्दै संघका गण्डकी प्रदेशका उपसंचालक सदस्य विद्या श्रेष्ठले तालिमको भरपुर उपयोग गर्न सहभागीलाई आग्रह गरे । पछिल्लो समय सहकारीहरु धमाधम स्थापना गर्ने क्रमबढ्दो रहेको र यसको व्यवस्थापनमा कठिनाई आउदा अन्य सहकारीहरुलाई समेत धक्का पर्ने भएकाले सहकारीको सिद्धान्तलाई पालना गर्नुपर्ने बेला आएको श्रेष्ठको भनाई थियो ।

उद्घाटन कार्यक्रममा ऋद्धिसिद्धि बचत तथा ऋण सहकारीका सल्लाहकार ध्रुवशर्मा पंगेनी, नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल लगायतका बक्ताहरुले सहकारीहरु नाफामुखी भन्दा पनि सेवामुखी तर्फ लाग्नुपर्ने बताएका थिए । ऋद्धिसिद्धि बचत सहकारी अध्यक्ष मुक्तिप्रसाद पाण्डेको सभापत्विमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, संचालन सचिव हुमनाथ अर्यालले गरेका थिए । कार्यशालाको सहजिकरण नेफ्स्कुन गण्डकी प्रदेशका कर्मचारी सुर्यप्रसाद तिमिल्सिनाले गरेका थिए । उक्त कार्यशालामा गण्डकी प्रदेशका ७ ओटा सहकारीहरुका व्यवस्थापक, कर्मचारी र संचालकहरुको सहभागिता रहेको थियो । पौष ८ गते संचालन हुने ९ औं कार्यशाला पोखरा स्थित रिठ्ठेपानी साकोसले आयोजना गर्नेगरी सकिएको छ ।

Facebook Comments Box
TOP