सामुदायिक पुस्तकालय संघको महासचिवमा स्याङ्जाका पाण्डे निर्वाचित
रत्ननगर, चितवन :
नेपाल सामुदायिक पुस्तकालय संघको नयाँ कार्यसमितिको महासचिवमा राजेन्द्रप्रसाद पाण्डे निर्वाचित भएका छन् । सामुदायिक पुस्तकालयको छाता संगठन नेपाल सामुदायिक पुस्तकालय संघको मंगलबार चितवनको सौराहामा सम्पन्न १३ औं बार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट मातृभूमि सामुदायिक पुस्तकालय बिर्घाका अध्यक्ष पाण्डे महासचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।
संघको राष्ट्रिय भेलाले आगामी ३ वर्षे कार्यकालका लागि सन्तोष रावलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वरिष्ट उपाध्यक्षमा भरत खड्का, प्रदेश उपाध्यक्षहरुमा क्रमशः प्रदेश १ बाट भीम कुमारी रावत, मधेश प्रदेशबाट भरत गिरी, बागमती प्रदेशबाट सुजता विष्ट, गण्डकी प्रदेशबाट लीला भण्डारी, लुम्बिनी प्रदेशबाट चेतकान्त भट्टराई, सुदुरपश्चिमबाट ज्ञानुराज विनाडी चयन भएका हुन् । यसैगरि सचिवमा बालकृष्ण थपलिया, कोषाध्यक्षमा सागर मिश्र सदस्यहरुमा लवहरी दाहाल, खड्गनारायण चौधरी, गंगा ढकाल, माधव भण्डारी, गोविन्द शर्मा, प्रतिक्षा चौधरी, पुष्पराज जोशी चयन भएकाछन् ।

समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


