जिल्ला प्रहरी कार्यालय सहित ३ प्रहरी युनिटको कार्यदक्षता मूल्यांकन तथा निरीक्षण सम्पन्न।
स्याङ्जा :
प्रहरी प्रधान कार्यालयको अन्तरगत प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदी नेतृत्वको टोली स्याङ्जाका प्रहरीका कार्यालयहरुको अनुगमन तथा निरिक्षण गरेको छ ।
निरीक्षणका क्रममा प्रहरी टोलीले भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिविधि सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनी गरीएका नयाँ अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन तथा निरीक्षण गरिएको हो ।
निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले कार्यरत प्रहरी कर्मचारीहरुलाई बिभिन्न बिषयमा निर्देशन दिनुभएको थियो । उहाँले प्रहरी कर्मचारीलाई ईमान्दारीताका साथ कार्यसम्पादन गरी नैतिकता प्रदर्शन गर्न आग्रह समेत गर्नुभयो ।
अनुगमन तथा निरीक्षणमा प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी लगायतको सहभागिता रहेको थियो ।
टोलीले जिल्ला प्रहरी कार्यालय स्याङ्जा, वडा प्रहरी कार्यालय वालिङ, प्रहरी चौकी गल्याङको निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजिव बहादुर बस्नेतले जानकारी दिनुभयो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…