उन्नत पाडीबाच्छी हुर्काउने किसानलाई १० हजार नगद
भवानी अधिकारी/स्याङ्जा : भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जाले कृत्रिम गर्भाधानबाट जन्मेका उन्नत नश्लका पाडी र बाच्छी हुर्काउने किसानलाई जनही १० हजार नगद दिने भएको छ।
दुघ तथा दुधजन्य पदार्थको उत्पादन बढाउने उद्देश्यले उन्नत जातका गाईंभैंसी पाल्ने किसानलाई प्रोत्साहन स्वरुप सरकारले यस्ता अभियान संचालन गरेको कार्यालय प्रमुख डा. इन्द्रबहादुर भट्टले जानकारी दिए।
किसानले पशु विमा गरेका लगायत आवश्यक प्रमाण पेश गरेपछि कार्यालयले सो रकम उपलब्ध गराउँछन्। चालु आर्थिक वर्षको असार १५ गतेसम्म किसानले आफ्ना मागदावी गर्न सक्नेछन्। एक-पटक लिएका किसानले भने २ वर्षसम्म लिन नपाउने प्रावधान छ।
यसवर्ष १५ लाख रुपैयाँ विनियोजन भएको र १५ जना किसानलाई उपलब्ध गराइने लक्ष्य रहेको कार्यालयका सूचना अधिकारी गोपाल गिरी बताउँछन्। गतवर्ष १० लाख विनियोजन भएको र ९५ जना किसानले प्रोत्साहन वापतको रकम लिएको बताइएको छ।
ब्याएको भैंसी पाल्ने। तर पाडापाडी मास्ने चलन बढ्न थालेपछि पाडीबाच्छी संरक्षण अभियान सुरु गरिएको कार्यालयले जनाएको छ। File-pic
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


