न्यू गाउँबेसीको साधारण सभा सम्पन्न ।
वालिङ :
न्यू गाउँबेसी बहुउद्देश्यीय सहकारी संस्था वालिङ १० को दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको ज्येष्ठ सेयर सदस्य सुर्यबहादुर श्रेष्ठले उद्दघाटन गर्नुभएको हो । साधारण सभाको उद्दघाटनका क्रममा संस्थाका अध्यक्ष अर्जुनप्रसाद खनालले संस्थाको वार्शिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सेयर सदस्यहरुको हितमा काम गर्ने र सदस्यहरुको उन्नतिका लागी प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रमममा उपाध्यक्ष भीमलाल खनाल, कोषाध्यक्ष सुदन श्रेठ, प्रबन्धक सुनिल थापाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष अर्जुनप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव ताराप्रसाद श्रेष्ठ र धन्यवाद शिक्षा समिति संयोजक गंगाधर खनाल राजुले गर्नुभएको थियो । २०० सेयर सदस्य रहेको सहकारीले १० करोडको कारोबार गरेको संस्थाले जनाएको छ ।


समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


