स्याङ्जामा थापाको नेतृत्वमा माओवादी गठन

NCP Syangja

वालिङ : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाको जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले दुर्गा थापा सेक्रेटरी रहने गरी १५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा स्याङ्जा,पर्वत जिल्ला ईन्चार्ज बिकिरणले अझैपनि सर्वहारा वर्गको व्यवस्था नआएको बताए । मुलुकमा अझै दलाल पुँजीपती वर्गको व्यवस्था भएको आरोप लगाउदै इन्चार्ज बिकिरणले बैज्ञानिक समाजवाद आएपछि मात्रै सर्वहारा वर्गले न्याय पाउने बताए ।
नेपालका गरिव जनताको जीवनस्तरमा तत्काल परिवर्तन ल्याउनुपर्ने खाँचो भएको बताउदै उनले सोही अनुसार पार्टी अगाडि बढेको उल्लेख गरे । त्यसैगरी जनपत्रकार संगठन नेपालका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जनअधिकार सुनिश्चित गर्न वृहत् बाम तथा प्रगतिशील शक्तिको एकता आवश्यक रहेको बताए । डुम्रेले संसदीय दलहरूले निकास दिन नसकेको भन्दै वैकल्पिक शक्ति जबर्जस्त स्थापित हुने जिकिर गरे । कार्यक्रममा सहिद तथा वेपत्ता परिवारका जिल्ला संयोजक नारायण पराजुलीले सहिदहरुका सपनामा खेलवाड गर्न नहुने कुरामा जोड दिए ।
कार्यक्रममा पत्रकार शिव डुम्रेले क्रान्तिकारी शक्ति एकजुट हुन अनिवार्य रहेको बताए । साे अवसरमा सहिद ओमप्रकाश भुषालका बुवा शालिकराम भुषाल लगायतका सहिद परिवारको उपस्थिति रहेको थियो ।

जिल्ला सेक्रेटरी दुर्गा थापाको अध्यक्षता र श्याम अर्यालको स्वागत मन्तव्य संगै शुरु भएको जिल्ला सम्मेलनले थापा सेक्रेटरी रहने गरि श्याम अर्याल, ध्रुव गौडेल, कमल आले लगाएतको १५ जनाको जिल्ला कमिटी चयन भएको छ । खुला सत्रको कार्यक्रम संचालन ध्रुव गौडेलले गरेका थिए ।

Facebook Comments Box
TOP