बयरघारीमा मुक्तिनाथ बैंकको वित्तीय साक्षरता
प्रकाश डोटेल,
स्याङ्जा, २७ भदौ :
स्याङ्जाको बयरघारीमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकको लद्युवित्त शाखा अन्र्तगत गठित महिलाहरुको सहभागितामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
वित्तीय साक्षरता कार्यक्रमलाई सम्बोधन गर्दै भीरकोट नगरपालिकाका नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले लद्युवित्त वित्तीय संस्थाको प्रक्रिया पुरा गरेर ऋण लिएका महिलाहरुले तोकिएकै क्षेत्रमा लगानी गरे स्वरोगार बन्न सक्ने बताए । उनले एउटै व्यक्तिहरुले दुई चार जनाको नाममा कर्जा लिने परम्पराले लद्युवित्त क्षेत्रमा समस्या सृजना भएको बताए ।
कर्जा वा ऋण लिदा स्वरोजगार मुलक क्षेत्रका नाम लिएपनि लगानी अन्यत्रै हुँदा समस्या बढेको बताउँदै नगर प्रमुख कर्माचार्यले तोकिएकै क्षेत्रमा लगानी गरे सुरक्षित हुने बताए । लद्युवित्त वित्तीय संस्थाले नेपालमा महिललाई स्वरोजगार बनाउन सफल भएको उनले दाबी गरे ।
वित्तीय साक्षरता कार्यक्रममा भीरकोट नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्यामकाजि अधिकारी, बैंकका उपक्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नबिन काफ्ले र अनुगमन अधिकृत बालकृष्ण रेग्मीले महिलाको आर्थिक विकासमा लद्युवित्त संस्थाले खेलेको भूमिकाका बारेमा बोलेका थिए ।
महिलाहरुको आर्थिक विकासमा योगदान पु¥याउन स्थापना भएका संस्थाप्रति पछिल्लो समय नकारात्मक टिकाटिप्पणी हुने गरेको तर्फ चिन्ता व्यक्त गर्दै उनीहरुले वित्तीय संस्थाबाट लिएका कर्जालाई सदुपयोग गर्न आग्रह गरे । कर्जाको सहि सदुपयोग हुन नसक्दा समस्या बढेको उनीहरुको भनाई थियो ।
बैंक अन्र्तगत गठित महिला समूहका सदस्य सुनिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन साधना पौडेलले गरेकी थिईन् । वित्तीय साक्षरता कार्यक्रममा स्वागत बैंकका शाखा प्रमुख केशबराज अर्यालले गरेका थिए भने शाखाको प्रतिवेदन सुर्यप्रसाद पंगेनीले प्रस्तुत गरेका थिए ।
मुक्तिनाथ विकास बैंकको लद्युवित्त विभाग अन्र्तगत बयरघारी शाखामा झण्डै १८ करोड ५० लाख महिला समूहमा लगानी भएको बैंकले जनाएको छ । बैंकको बयरघारी शाखाले हाल भीरकोट, वालिङ र पुतलीबजार तथा पर्वत जिल्लाको पयुँ गाउँपालिकामा सेवा प्रदान गर्दै आएको छ ।
समाचार
थप सामाग्री
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
३ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङस्थित आँधीखोलामा शनिबार दिउँसो एक पुरुषको शव फेला परेको छ। नदीमा अड्किएको अवस्थामा भेटिएको उक्त शव वालिङ…


