श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्तर्क्रिया

Tulsiram Regmi

स्याङ्जा २६ भदौ :

श्रम तथा रोजगार कार्यालय पोखराको आयोजना तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघ स्याङ्जाको समन्वयमा श्रम शिक्षा तथा श्रम विवाद सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरिएको छ ।

कार्यक्रमको उदघाटन गर्दै पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले श्रम ऐनको कार्यान्वयनमा आफु प्रतिवद्ध रहेको जनाउदै श्रमजीवीलाई दोहोरो सम्झौता गरेर मात्र काम गर्न सुझाव दिनुभयो । श्रमजीवी र दोश्रो पक्षबीच भएका सहमति कार्यान्वयनमा कहिं कतै समस्या देखिएमा कानूनी उपचारका लागि सहयोग गर्ने बताउनुभयो ।

प्रत्येक दिन ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरंजन मानवका अधिकार भएता पनि हाम्रो जस्तो मुलुकले यस्को उपयोग गर्न नसक्नु दुखद पक्ष रहेको बताउनुभयो ।  सबै श्रमिक बर्गको हितका पक्षमा आफु रहेको जनाउदै आफनो पदीय जिम्मेवारी र कर्तब्य पुरा गर्न र कानूनतः तोकिएका पारिश्रमिक पाउनु सबैको अधिकार रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ स्याङ्जाका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, वडा अध्यक्ष उत्तमप्रसाद श्रेष्ठ, महासचिव रामचन्द्र नेपाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा श्रम तथा रोजगार कार्यालयका शाखा अधिकृत लक्ष्मण बरालले श्रम, श्रमिकका अवस्था, रोजगार गर्दा अपनाउनु पर्ने कुरा र सम्झौता, न्यूनतम पारिश्रमिक, बाल श्रम, श्रम शोषण, ट्रेड युनियन अधिकार लगायत श्रम र रोजगार सम्बन्धी बिबिध बिषयका कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

श्रम तथा रोगजार कार्यालयका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष हिक्मत श्रेष्ठले स्वागत एवं  नायब सुब्बा गुरुप्रसाद पोखरेलले संचालन गर्नुभएको थियो । सोही कार्यक्रममा ५० भन्दा बढी श्रमिकहरुको सहभागिता थियो ।

Facebook Comments Box
TOP