आईफोन १४ को चार वटा सिरिज सार्वजनिक ।
काठमाण्डौ:
एप्पलले आईफोन १४ को चार वटा सिरिज सार्वजनिक गरेको छ।
गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल सार्वजनिक गरेको हो।
त्यस्तै कम्पनीले एप्पल वाच अल्ट्रा र एप्पल वाच एसई पनि सार्वजनिक गरेको छ।
यो सिरिजका फोनमा भौतिक सिम लाग्ने छैन। तर, भौतिक सिम नलाग्ने फोन सुरूवाती चरणमा अमेरिकामा मात्र उपलब्ध हुनेछ । ई-सिम प्रयोग गर्न सकिने भएपछि भौतिक सिम लिन पसलमा जानैनपर्ने कम्पनीले जनाएको छ।
ई-सिमका माध्यमबाट मोबाइल डेटा तथा सेवाहरू भौतिक सिम प्रयोग नगरी उपयोग गर्न सकिन्छ। ई-सिम प्रचलनमा ल्याउन कम्पनीले यो सेवा अमेरिकाबाट सुरु गरेको बताएको छ।
आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ तोकिएको छ।त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ रहेको छ।
त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ तोकिएको छ।आईफोन १४ को बेस मोडल वा प्लस मोडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन्।
यस्तै प्रो र प्रो मोडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ।आईफोन १४ र आईफोन प्लस मोडलमा १२ मेगापिक्सलको दुई वटा क्यामरा सेन्सर दिइएको छ। आईफोन १४ प्रो मोडलमा अलवेज अन डिस्प्ले लगायत विशेषता रहेको छ।
यसैगरी आईफोन प्रोमा ४८ एमपीको प्राइमरी क्यामरा लगाइएको छ भने आईफोन प्रो र आईफोन १४ प्रो म्याक्समा १ टीबीको स्टोरेजको अप्शन लगायतका विभिन्न विशेषता समेटिएको छ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


