समृद्धीको प्रमुख आधार शैक्षिक क्षेत्रमा गरिने रुपान्तरण नै हो : नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले नगरको समृद्धीको प्रमुख आधार भनेको शिक्षा क्षेत्रमा गरिने रुपान्तरण भएको तथा आफु र आफ्नो नगरपालिकाको टिम त्यसमै लागेको बताउनुभएको छ । ५६ औ अन्तरास्ट्रिय शाक्षरता दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले साक्षर र शिक्षीत नागरिकबाट जुन किसिमको समाजको परिकल्पना गरिएको छ त्यो समाज निर्माणका लागि नागरिक शिक्षीत मात्र होइन चेतनाको स्तर र चारित्रिक रुपान्तरण नभइ सामाजीक रुपान्तरणको परिकल्पना सम्भव नहुने बताउनुभएको हो । साथै उहाँले समृद्ध गल्याङ र समुन्नत नगरवासीको सपना लिएर आफु अघि बढिरहेको हुदा त्यो सपना साकार पार्न सहयोग गर्न समेत अनुरोध गर्नुभएके छ ।

नगरपालिकाको सभाहलमा शिक्षा दिवशको अवसर पारि आयोजित उक्त कार्यक्रममा शिक्षक प्रेम सुवेदी, जानकी मा वी का प्रध्यानाध्यापक लेखनाथ चापागाई, वडा नं ५ का अध्यक्ष एवम् सामाजिक समितीका संयोजक घनश्याम भट्टराई,वडा नं ३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई, नगर शिक्षा समितीका सदस्य दर्वेन्द्रदेव खनाल, प्रमुख प्रशासकिय अधिकृत दामोदर शर्मा लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनुहुने प्रतियोगिहरुलाई तथा विद्यार्थीहरुलाई पुरस्कृत गर्नुका साथै उत्कृष्ट शिक्षक,उत्कृष्ट प्रध्यानाध्यापक, उत्कृष्ट विद्यालय ब्यवस्थापन समिती तथा सेवा निवृत्त हुनुभएका शिक्षक एवम् शिक्षा क्षेत्रमा योगदान गर्नुहुने विभिन्न ब्यक्तीहरुलाई सम्मान समेत गरिएको थियो गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा शाखा प्रमुख केदार राज आचार्यको स्वागत संगै सुरु भएको थियो भने सञ्चालन शिक्षा शाखाका हिमलाल भण्डारीले गर्नुभएको थियो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


