बिभिन्न कार्यक्रम गरेर गल्याङ जेसीजले ‘जेसीज सप्ताह’ मनाउने ।
गल्याङ :
गल्याङ जेसीजले बिभिन्न कार्यक्रम गरेर जेसीज सप्ताह मनाउने भएको छ । आगामी असोज २४ देखि ३१ सम्म बिभिन्न कार्यक्रम गरेर े ‘जेसीज सप्ताह’ मनाउने अध्यक्ष बिष्णु अधिकारीले जानकारी दिनुभयो ।
आईतवार भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष अधिकारीले साताव्यापी गरिने कार्यक्रमको बारेमा जानकारी गराउनु भएको हो । साताव्यापी कार्यक्रममा रामनदी धाम राम्दीका बृद्वबृद्वा सम्मान कार्यक्रम, उत्तरबाहिनीका बटुकहरुलाई भोजन गराउने, स्लोबाईक तथा स्कुटर रेस तथा घैटोफोर कार्यक्रम, गल्याङ नगरपालिका वडा नं.१ मालुङ्गा र वडा नं.११ मा मृगौला पिडितहरुलाई नगद सहयोग हस्तान्तरण कार्यक्रम, गल्याङ नगरपालिका स्तरीय अन्तर माध्यमिक तहस्तरीय बक्तृत्वकला प्रतियोगिता,ब्याडमिन्टन प्रतियोगिता लगायतका कार्यक्रमका साथ जेसीज सप्ताह मनाउने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देलले गल्याङ जेसीजले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत रहेर धार्मिक र सामाजिक उत्तरदायित्व र शैक्षिक संगै रचनात्मक कार्यका साथ अगाडि बढ्दै आफ्नो सामाजिक दायित्व पुरा गरेको बताउनु भयो ।
उहाँले भन्नु भयो १८ वर्ष देखि ४० वर्ष उमेर समुहका युवाहरुको जोस जागर र अभियानमा स्याङ्जाको पत्रकारहरुको साथ सहयोग रहने र जेसीजले गरेका रचनात्मक र सिर्जनात्मक कार्यमा कलम चलाएर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्ण प्रसाद भट्टराई, वालिङ जेसीजका पूर्व अध्यक्ष प्रदिप कोईराला, क्यान स्याङ्जाका पूर्व अध्यक्ष देब बोगटी लगायतले बोलेका थिए ।
गल्याङ जेसीजका अध्यक्ष विष्णु अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मुल समितिका संयोजक खगेन्द्र भण्डारीले र कार्यक्रममा आस्था पाठक नेत्रलाल अर्यालले, जेसीजको मिसन भिजन प्रस्तुत गर्नु भएको कार्यक्रमको सञ्चालन गल्याङ जेसीजका महासचिव प्रतिमा भट्टराईले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …