नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एक दिवसीय शृंखला
काठमाडौं : नेपालले एक खेल अगावै केन्याविद्धको दिवसीय शृंखला जितेक छ। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको खेलमा केन्यालाई १७ रनले हराउँदै नेपालले शृंखला जितेको हो।
टस जितेर ब्याटिङ गरेको नेपालले केन्यालाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको केन्याले ४६.३ ओभरमा अलआउट हुँदै २ सय १३ रनमात्र बनाउन सक्यो।
नेपालका लागि रोहित पौडेलले सर्वाधिक ७८ रन बनाए। त्यस्तै देव खनाल ३७ रनमा आउ६ हुँदा सोमपाल कामीले २६ रन बनाए। त्यस्तै ज्ञानेन्द्र मल्लले २५, वसिर अहमदले १७, आदील अन्सारीले १४ र अर्जुन साउदले ५ रन बनाए।
नेपालले पहिलो एक दिवसीय क्रिकेटमा केन्यावविरुद्ध ७ विकेटले विजयी भएको थियो। त्यसअघि टी-२० सिरिज नेपालले जितेको थियो।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


