बेलायतकी महारानीको ९६ वर्षको उमेरमा निधन ।

काठमाण्डौ:

बेलायतकी महारानी एलिजावेथ द्वितियाको ९६ वर्षको उमेरमा निधन भएको छ । महारानीको स्कटल्याण्डस्थित बालमोरल दरबारमा निधन भएको हो । केही दिनदेखि चिकित्सकहरुको निगरानीमा रहेकी उनको बिहीबार बिहीबार साँझ ६ः ३० मा निधन भएको बकिङ्घम प्यालेसले पुष्टि गरेको छ ।

उनी ७० वर्ष बेलायतको सिंहासनमा बसेकी थिइन् । बेलायतमा उनको शासनकाललाई सबैभन्दा लामो मानिन्छ । महारानी सामान्यतया गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्परा अनुरुप उनी पछिल्ला दिनदेखि सोही दरबारमा रहेकी थिइन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई पनि भेटेकी थिइन् ।

प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी थिइन्। महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्नेछन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP