श्रीमती मारेको आरोपमा एक व्यक्ति पक्राउ ।

स्याङ्जा,भदौ १९ गते ।
आफ्नै श्रीमतीलाई मारेको आरोप स्याङ्जामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका वडा नम्वर ८ का ४० बर्षका गोपाल दमैले आफ्नी श्रीमती ४२ बर्षकी मन्जु दमैलाई मारेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रशरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
गोपालले आफ्नी श्रीमतीलाई कुटपिट गरेको तथा टाउकोमा समेत चोट पुर्याउने गरी हानेर गम्भिर घाईते बनाएको जानकारी पाए पछि स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए । मन्जुको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोपाललाई कर्तव्य ज्यान सम्वन्धी मुद्धा दर्ता गरी अनुसन्धान शुरु भएको प्रबक्ता खनालको भनाई छ ।

Facebook Comments Box

विचित्र संसार

थप सामाग्री
TOP