वालिङका महिला शिक्षकद्धारा शुभकामना आदानप्रदान

भवानी अधिकारी/ स्याङ्जा :
वालिङ नगरपालिका भित्रका महिला शिक्षकहरुले तीजको शुभकामना आदानप्रदान सहित सामुहिक दर खाएका छन् ।
वालिङ्को पतन्जली स्थित सभाहलमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठले शिक्षकका हक, हित र अधिकारको संरक्षणमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
‘हाम्रा कला, संस्कृति र परम्परालाई जोगाउने, संचालन गर्ने र पुस्तान्तरणको जिम्मा पाएका महिला शिक्षकले सबै बालबालिकालाई आफना छोराछोरी सरह ब्यवहार गरी शिक्षा र संस्कार सिकाउनुहोस, आवश्यक सहयोग म गर्नेछु,।’ उहाँले भन्नुभयो ।
यसैगरी, वालिङ् नगर उपप्रमुख कबिता तिवारीले महिला शिक्षकले घर, समाज र नगरमा पुरयाएको योगदानको चर्चा गर्दै संस्कार र शिक्षित बिद्यार्थी उत्पादनमा ध्यान दिन सुझाव दिनुभयो ।


कार्यक्रममा शिक्षकहरुले तीजको मौलिक भाकामा आफना पेशा र दायित्वप्रति इंकित गर्दै नाँचेर, मादल बजाएर गाएर मनोन्जन गर्नुभएको थियो । उहाँहरुसंगसंगै प्रदेश मन्त्री मेखलाल श्रेष्ठ र नगर उपप्रमुख कबिता तिवारीले पनि नाच्ने र गाउने गर्नुभयो।
सो कार्यक्रममा वालिङ् नगरभित्रका १ सय २० जना महिला शिक्षकहरु सहभागी रहेको शिक्षक सीता गैह्रेले जानकारी दिनुभयो । समाज र संस्कृतिलाई मौलिकपनमा जोगाइराख्नका निम्ति तीजका गीत मार्फत सन्देश दिइएको पनि उहाले बताउनुभयो ।
सांस्कृतिक कार्यक्रमको सहजीकरण शिक्षक भोजकुमारी पाण्डेले गर्नुभएको थियो भने बिद्यालयगत रुपमा आ आफना प्रस्तुती समेत गरिएका थिए ।

Facebook Comments Box
TOP