पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐनको बिरोधमा पशु चिकित्सकहरु आन्दोलित

संसदबाट पारित भएर रास्ट्रिय सभामा पेस हुने क्रममा रहेको ” पशु स्वास्थ तथा पशु सेवा परिषद् ऐन २०७६” को बिरोधमा नेपालका पशु चिकित्सकहरु आन्दोलित भएका छन।
शैक्षिक योग्यताको कुनै पनि मूल्याकंन नभएको र पशु चिकित्सक तथा बैज्ञानिकहरुलाई , स्नातक पशु बिज्ञान पढेका तथा पशु चिकित्सा सम्बन्धि कुनैपनि अध्ययन नगरेका र कक्षा १० मात्रै पढेर सामान्य तालिम लिएका प्राविधिकलाई एउटै अधिकार दिइएको भन्दै, उक्त ऐन संसोधित गर्नु पर्ने माग गरिएको चिकित्सकहरुको भनाई रहेकोे छ।
अन्तरास्ट्रिय नीति नियमको बिरुद्ध , कसैको दबाब तथा आर्थिक प्रलोभनमा परेर ल्याइएको ऐनले सम्पुर्ण देशलाई बिश्वसामु लज्जित बनाएको आन्दोलित पशु चिकित्सकहरु हरुको भनाई रहेको छ । आन्दोलनरत पशु चिकित्सकहरुको आन्दोलनले पशुजन्य ओसारपसार , इमर्जेन्सी बाहेकका पशु स्वास्थ्य सेवा , पशु चिकित्सा तथा पशु बिज्ञान अध्यापन हुने सम्पुर्ण शैक्षिक सस्था अहिले बन्दको अवस्थामा रहेका छ्न ।
समाचार
थप सामाग्री
कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरका ४ सय बढी ब्राह्मण सहभागिता हुने
३ हप्ता अगाडि
पोखरा : पोखरामा सञ्चालन भएको श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ देशभरका व्रामण एक ठाउँमा जम्मा हुने भएका…