मौसम: अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा ।
काठमाडौं:
हाल देशैभरिको मौसममा सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ।
बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा सोमबार पनि मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै मंगलबार प्रदेश १, बागमती प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ।भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


