स्याङ्जाको आलु ११ जिल्लामा निर्यात ।

potato

 

स्याङ्जा:
स्याङ्जामा पहिलो पटक शित भण्डार सञ्चालनमा आएपछि आलु खेती गर्दै आइरहेका कृषक खुसी भएका छन् । शीत भण्डारको विकास भएपछि बुटवल, भैरहवा, पोखरासम्म लगेर भण्डारणको बाध्यता हटेको छ । सुविधा घरआँगनमा आएसँगै यहाँका कृषकले सामुहिक आलु खेतीमा समेत चासो दिन थालेका छन् ।

विश्व बैंक, नेपाल सरकार र आँधीखोला बहुउद्देश्यीय पानी उपभोक्ता सस्थाको एक करोड १७ लाख रुपैयाँको लागतमा शित भण्डार निर्माण भएको हो । गल्याङ नगरपालिका–११ जिमुहामा शित भण्डार सञ्चालनमा आएपछि यहाँका २९४ घर धुरीका आलु कृषक लाभान्भित भएका छन् । उत्पादन भएको आलु भण्डारण गरी बेमौसममा बेच्न पाएपछि कृषक लाभान्वित भएका छन् ।

यहाँ भण्डारण आलु स्तरीय भएकाले माग बढ्दै गएको छ । बेमौसममा आलु बेच्न पाएपछि स्थानीइ कृषक खुसी भएका छन् । आलु खन्ने समयमा आलु बेच्न बाध्य कृषक आफूलाइ पैसा आवश्यकता परेको बखत बेच्ने सुविधा मिले छ ।

१५० मेट्रिक टन भण्डारण क्षमता रहेको शित भण्डारणले यहाँको माग थेग्न नसकेपछि पुन १५० मेट्रिक टन भण्डारण क्षमता रहेको अर्को शित भण्डारण निर्माणाधीन अवस्थामा छ । यससँगै बीउ स्रोत केन्द्र पनि सञ्चालनमा छ । भण्डारण गरेको आलु विशेष गरी बीउ आलुको रुपमा स्याङ्जाका स्थानीय तहसँगै ११ वटा जिल्लामा निर्यात भइरहेको छ ।

प्रति केजी ७ रुपैयाँका दरले जो कोही कृषकले आलु भण्डारण गर्न सक्छन् । यहाँबाट निर्यात आलुबाट कृषकले वार्षिक डेढदेखि दुई करोडसम्म गर्ने गरेका छन् ।

Facebook Comments Box
TOP