तेस्रो टी–ट्वान्टीमा नेपालद्वारा केन्या पराजित ।
काठमाण्डौ:
नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।
नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाउँदा उप कप्तान रोहित पौडेल २९ रनको योगदान गरे । नेपालका लागि पवन सर्राफले २० रन बनाउँदा आदिल अन्सारीले १६ र दीपेन्द्र सिंह ऐरी ६ रन बनाए ।
बलिङतर्फ केन्याका भिराज पटेल र युगिनी ओचिङले दुई–दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको केन्याले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर १५६ रन बनाएको थियो । केन्याका लागि करिमले ५५ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै पटेलले ७३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।
केन्याका लागि सुकदीप सिंहले ८ रन बनाउँदा कोलिन्स ओब्यूएले १४ रन जोडे ।
नेपालका लागि सोमपाल कामी र आदिल अन्सारीले एक–एक विकेट लिए । यस जितसँगै पाँच खेलको सिरिजमा नेपालले २–१ को अग्रता बनाएको छ । यसअघि पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा भने केन्याले नेपाललाई १८ रनले हराएको थियो । अब नेपाल र केन्याबीच चौंथो टी–ट्वान्टी भोलि (सोमबार) हुनेछ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


