संघ र प्रदेशमा स्याङ्जा काँग्रेसबाट को को देखिए सांसद बन्न आकांक्षी ।
वालिङ, भदौ १३ गते :
आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनका लागि नेपाली काँग्रेसबाट स्याङ्जामा झण्डै १ सय जनाले सांसद बन्न आकांक्षा देखाएका छन् ।
दुई संघिय निर्वाचन क्षेत्र र चार प्रदेश निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रत्यक्ष र समानुपातिकका लागि एक सय एक जनाले आकांक्षा देखाएका हुन् ।
नेपाली काँग्रेस केन्द्रीय समितिले संघ र प्रदेशका लागि उम्मेदवार छनोट गरी पठाउन परिपत्र गरेपछि अहिले सांसद बन्ने दौडमा आकांक्षीहरु देखिएका हुन् ।
क्षेत्रिय समिति र प्रदेश समितिले काँग्रेस पार्टीबाट सांसद बन्न इच्छुकहरुबाट आवेदन माग गरे पछि दुवै क्षेत्र र प्रदेशमा गरी १०१ जनाले ६ पदमा उमेद्वार बन्नका लागि आकांक्षा व्यक्त गरेका थिए ।आवेदन दिएका हुन् ।
संघिय सांसदका लागि १ महिला सहित ३ जना र समानुपातिका लागि १ महिला सहित २ जना क्षेत्रले सिफारिस गरि पठाउनु पर्ने केन्द्रीय समितिले निर्देशन गरेको छ ।
यसै गरी प्रदेशमा पनि १ महिला सहित ३ जना र समानुपातिका लागि १ महिला सहित २ जना पठाउने परिपत्रमा उल्लेख छ । केन्द्रीय समितिको परिपत्र अनुसार स्याङ्जाबाट संघिय सांसदका लागि ६ जना र समानुपातिकका लागि ४ जना र प्रदेश सांसदका लागि १२ जना र समानुपातिकका लागि ८ जनाको नाम सिफारीस हुनुपर्ने छ । जसका लागि स्याङ्जाबाट ३० जनाको नाम सिफारीस हुनुपर्ने छ तर आकांक्षीको संख्या १०१ पुगेपछि ७१ जनाको नाम सिफारीस गर्न प्रदेश, संघिय क्षेत्र र जिल्लालाई कठिन देखिन्छ ।
नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता भरतप्रसाद लम्सालका अनुसार स्याङ्जा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष संघिय सांसदका लागि ८ जना, समानुपातिकका लागि ३ र क्षेत्र नम्वर २ बाट १० जना प्रत्यक्ष, ४ जनाले समानुपातिकमा आकांक्षा देखाएको जानकारी दिनुभयो ।
यसै गरी स्याङ्जा क्षेत्र नम्वर १ को प्रदेश (क) बाट प्रत्यक्षमा ९ जना र समानुपातिकबाट ८ जनाले आकांक्षा देखाएका छन् भने प्रदेश (ख) बाट प्रदेश सांसदका लागि प्रत्यक्ष ८ र समानुपातिकबाट १४ जनाले आकांक्षा देखाएको जानकारी दिनुभयो । प्रदेश र क्षेत्रमा सहमतिपछि मात्रै जिल्लाले एकमुष्ट आकांक्षी उम्मेदवारको नाम गण्डकी प्रदेशमा सिफारीस गरिने नेपाली काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ्, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ र युवा उद्यमी खुमाप्रसाद अर्यालले दुवै क्षेत्रमा संघिय सांसदका लागि नाम दर्ता गराएका छन् । गुरुङ र श्रेष्ठले क्षेत्र नम्वर १ बाट समानुपातिकमा पनि नाम दर्ता गराएका छन् । दुवै जनाले दुवै क्षेत्रमा उम्मेदवारीका लागि नाम दर्ता गरेपछि जिल्लामा छुट्टैखालको तरङ्ग फैलिएको छ ।
यता नेकपा एमाले, नेकपा माओवादी, नेकपा एस लगायतकादलहरुले पनि उम्मेदवार छनोट प्रक्रियामा आत्नरिक तवरबाट लागेका छन् । यी दलहरुले भने अहिले सम्म उम्मेदवारको बिषयमा बाहिर कुरा ल्याएका छैनन ।
नेपाली काँग्रेसबाट संघिय र प्रदेश सांसदको लागि आकांक्षा देखाएका उम्मेदवारहरुको नामावली‘‘‘‘‘‘..
स्याङ्जा क्षेत्र नम्वर १
संघिय सांसद प्रत्यक्ष तर्फ
१. राजु थापा २. धनराज गुरुङ
३. गोपालमान श्रेष्ठ ४. गोविन्दबहादुर रानाभाट
५. खुमाप्रसाद अर्याल ६. बुद्धिबहादुर राना
७. इन्द्रबहादुर गोदार ८ सुवोध अधिकारी
स्याङ्जा क्षेत्र नम्वर २ संघिय सांसद प्रत्यक्ष तर्फ
१. गोपालमान श्रेष्ठ २. खुमाप्रसाद अर्याल
३. शंकरप्रसाद पाण्डे ४. धनराज गुरुङ
५. खगेन्द्रराज रेग्मी ६. भोजराज अर्याल
७. सरस्वती अर्याल तिवारी ८. भागवतप्रकाश मल्ल
९. लालगोपाल अर्याल १०. मोहनप्रसाद पाण्डे
समानुपातिक तर्फ
१. दिलिपप्रताप खाँण
२.फणिनारायण रेग्मी ३. कमला न्यौपाने
४. चन्दा अधिकारी
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …