राष्ट्रिय मगर संघ स्याङ्जाको सभापतिमा विष्णुबहादुर मर्साङ्गी निर्विरोध निर्वाचित ।
स्याङ्जा:
राष्ट्रिय मगर संघ स्याङ्जाको सभापतिमा विष्णुबहादुर मर्साङ्गी निर्विरोध निर्वाचित हुनु भएको छ ।
संघको तेस्रो अधिवेशनले मर्साङ्गीको सभापतित्वमा २३ सदस्य जिल्ला कार्यसमिति चयन भएको हो।
समितिको उपसभापतिमा निर्मलकुमार राना र डिलकुमार थापा, सचिवमा केशबहादुर थापा, सहसचिवमा अशोककुमार थापा र कोषाध्यक्षमा अनिता थापा चयन हुनु भएको हो । यसैगरी, सदस्यमा गीता गाहा, नेत्रकुमारी थापा, खिमकुमारी थापा, प्रेमकुमारी थापा, शोभा थापा राना, मायाकुमारी खाम्चा मगर, दिलमाया राना, टिका सोमै मगर, जुतबहादुर राना, भीमबहादुर थापा, लालबहादुर थापा, नेत्रलाल राना, भुपेन्द्र थापा, दलबहादुर थापा, गणेशमान राना, रामबहादुर थापा मगर र चेतबहादुर बराल रहेका छन्। अधिवेशनले इशा राना, गीता राना, सीता थापा, छ्याबहादुर थापा, मोहनबहादुर थापा, दिपेन्द्र आले, चन्द्रबहादुर रखाली, विक्रम सारु र विश्वप्रकाश थापालाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले अधिवेशनको उदघाटन गर्दै आदिवासी जनजाती अन्र्तगत रहेको मगर समुदायका बिबिध कला, संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा संघिय सांसद मोहन पाण्डे, गण्डकी प्रदेश शिक्षा संस्कृति तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठ, कांग्रेसका प्रदेश उपसभापति कल्पना तिवारी, सभापति राजु थापा, प्रदेश सांसद भागवतप्रकाश मल्ल, निवर्तमान कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । मगर संघका जिल्ला सभापति बिक्रम सारु मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा सदस्य इशा रानाले स्वागत एवं सचिव मोहन थापाले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


