अर्जुनचौपारीमा माछापुच्छ्रे बैंकको १६८ औं शाखा
स्याङ्जा :
माछापुच्छ्रे बैंकले १६८ औं शाखा अर्जुनचौपारी गाउँपालिका १ मा सुरुवात गरेको छ । बैकले १६८ औं शाखा रहित बैकिङ् सेवा सुचारु गरेको बैंकका डिजिटल बैकिङ् नायब प्रमुख बिनय रेग्मीले जानकारी दिए । एक डिभाइसको माध्यमबाट शाखा रहित बैकिङ् सेवाले रेमिट्यान्स पाउन, खाता खोल्न, पैसा जम्मा तथा झिक्न र लगानी गर्नुका साथै फोन पे सेवा समेत दिनेछ । ८० प्रतिशत वित्तिय सेवा प्रवाह दिने उदेश्यले सुरु गरिएको यो बैंक कर्मशियलका रुपमा दोस्रो हो । यस भन्दा अगाडी राष्ट्रिय बाणिज्य बैंकले सेवा दिदै आएको थियो ।
बैंकको शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले छिटो र छरितो बैकिङ् सेवा दिने उदेश्यले शाखा रहित सेवा पालिकामा ल्याएको बताए । हरेक गरिब तथा निम्न आयस्तर भएका नागरिकलाई शेयरबजारको माध्यमबाट आर्थिक आर्जन गराउने उदेश्य आफ्नो रहेकोले अध्यक्ष तिवारीले अर्जुनचौपारीको माछापुच्छ«्रे बैकको बैकिङ् सेवामा डिम्याट खाता खोल्न र आइपिओ भर्न कुनै थप पैसा खर्च गर्न नपर्ने बताए । बैंकका सीबीओ अजय आचार्यले शाखा रहित बैकिङ् सेवा सरल र सहज सेवा हुने बताउदै बैकिङ् प्रतिनिधीले घर घरमा पुगेर सेवा दिन सक्ने विश्वास दिलाए ।
शुभारम्भ कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ्, वडा अध्यक्ष रण बहादुर थापा, बैकिङ् सेवाका प्रतिनिधी टोप बहादुर क्षेत्रीले ग्रामिण क्षेत्रमा बैकिङ् सेवा पाउनु पनि महत्वपुर्ण हुने बताए ।
यसै विच बैंकले भीरकोट नगरपालिका १ छाङछाङदी मन्दिरमा क्युआरपे मार्फत दान दिन मिल्ने ब्यवस्था गरिएको छ । माछापुच्छ्रे बैक वालिङ शाखाले मन्दिर ब्यवस्थापन समितिको सहकार्यमा क्युआरपे मार्फत दान दिन मिल्ने ब्यवस्था गरेको हो ।
क्युआरपेको शुभारम्भ गर्दै भीरकोट नगरपालिका प्रमुख गोबिन्द कुमार कर्माचार्यले क्युआरपे राखेर बैकले धार्मिक स्थलमा दान गर्न सहज बनाएकोमा बैंकप्रति आभार व्यक्त गरे । बैकले दर्शनार्थीले गरेको दान नबिग्रियोस र पारदर्शी बनोस भन्ने हेतुले क्युआर पे मन्दिरमा राखेको बैकका शाखा रहित बैकिङ् सेवाका इन्चार्ज बिकास श्रेष्ठले बताए । अबिर र पानीले राज्यको ढुकुटी बिग्रने देखेर मन्दिरमा क्युआरपे कार्यक्रम बैकले अगाडी सारेको श्रेष्ठले बताए ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


