रूपन्देहीको फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला, स्वास्थ्य अवस्था सामान्य ।
बुटवल:
रूपन्देहीको शुद्दोधन गाउँपालिकास्थित फर्साटिकरमा बेवारिसे नवजात शिशु फेला परेको छ।
सौ फर्साटिकरस्थित मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्र नजिकै सोमबार बिहान शिशु जन्माएर फालेको अवस्थामा फेला परेको प्रहरी चौकी फर्साटिकरले जानकारी दिएको छ।सोमबार बिहान करिब ८ बजेतिर स्थानीय दुर्गा रानाले झाडीमा बेवारिसे नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी फर्साटिकरले शिशुलाई उद्धार गरी मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याए थियो। शिशुलाई थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइ पुन प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो।
बच्चाको स्वास्थ्य अवस्था सामान्य छ। हाल शिशुलाई प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। शिशु कसले जन्माएर फालेको भन्नेबारे खोजी भईरहेको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


