विश्व हिन्दु युवासंघ स्याङ्जाले राम्दीका गुरुकुलका बिद्यार्थीहरुलाई पुरस्कार वितरण ।

Guru kulam Galyang 1

स्याङ्जा:
विश्व हिन्दु युवासंघ स्याङ्जाले राम्दीका गुरुकुलका बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै विश्व हिन्दू युवा संघ केन्द्रिय अध्यक्ष ऋषिकेशजंग शाहले धर्म,संस्कार र संस्कृतिको संरक्षणले मात्रै नेपालको पहिचान उच्च हुने बताउनु भयो ।
योगी नरहरिनाथले देखाएको बाटो भुल्न नहुने भन्दै शाहले अव नेपालले ५ ग को आधारमा चल्नु पर्ने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, ‘गोरक्षनाथ,गाई,गाँजा,ज्ञान र गाँउ गरी ५ ग लाई अवलम्वन गरेमा मात्रै नेपालको हित तथा आर्थिक प्रगती सम्भव रहन्छ ।’
रामनदी धामको गुरुकुल उदाहरणीय रहेको भन्दै अध्यक्ष शाहले गुरुकुलका समस्याहरुलाई सबै मिलेर सामाधान गर्नु पर्ने स्पष्ट पार्नु भयो । उहाँले भन्नुभयो, ‘यहाँको बारेमा गल्याङका मेयर गुरु प्रसाद भट्टराई लाई पनि जानकारी गराउने छु ।’

Guru kulam Galyang 2
Guru kulam Galyang 2

कौशिक महाराजले सबैको सहयोग र सहकार्यबाट नै गुरुकुलको प्रगती हुने बताउनु भयो । योगी नरहरिनाथले गरेको कामको चर्चा गर्दै कोशिक महाराजले विश्व हिन्दू युवा संघ स्याङ्जाले विगत देखि नै उदरणीय कार्य गर्दै आएको र यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
त्यस्तै जिल्ला अध्यक्ष नबराज पौडेलले प्रथम ,द्वितीय,तृतीय हुने बटुकहरुलाई बधाई एबम् शुुभकामना व्यक्त गर्दै गुरुकुलका बटुकहरुलाई अन्य क्रियाकलापहरुमा पनि सहभागी गराउन सुझाव दिनुभयो ।
गुरुकुल स्तरीय चित्रकला प्रतियोगितामा जयदेव बस्नेत प्रथम, आदित्य पन्थी दोस्रो र विश्वास भट्टराई तेस्रो भएका थिए ।
बिजेताहरुलाई नगद,प्रमाणपत्र,स्टेसनरी सामाग्री लगायत प्रदान गरिएको थियो ।
विश्व हिन्दु युवा संघ स्याङ्जाले विगतमा नैतिक शिक्षा विषय पाठ्यक्रम समावेश गराउन माग गरेको थियो र यो कुरा गण्डकी प्रदेश शिक्षा मन्त्रालय बाट शिक्षा नीतिमा पनि यो कुरा समावेश भइसकेको अध्यक्ष पौडेलले बताउनु भयो ।
त्यस्तै हरेक पालिकामा संस्कृत पुस्तकालय निर्माण गर्ने अभियानमा अगाडि बढेको र भीरकोट मा निर्माण गरिएको र अन्य पालिकामा पनि छिट्टै हुने अध्यक्ष पौडेलको भनाई छ ।

Facebook Comments Box
TOP