गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त

काठमाडौं :
गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको २०७९ साउन २९ गते बसेको संचालक समितिको बैठकले भट्टराइलाई नियुक्त गरेको हो । भदौ ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको गरिमा विकास बैंकका कम्पनी सचिव माधब आचार्यले जानकारी दिए ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका हुन् । उनी गरिमा क्यापिटको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए । स्याङ्जाको वालिङमा स्थापना भएको गरिमा बैंक अहिले राष्ट्रिय स्तरको विकास बैंक बन्न पुगेको छ ।
समाचार
थप सामाग्री
कोटिहोम जेठ ३१ गते सम्म चल्ने, झन्डै ६ करोड सङ्कलन
१ हप्ता अगाडि
पोखरा : पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज सम्म झन्डै ६ करोड रकम सङ्कलन भएको…