गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा भट्टराई नियुक्त
काठमाडौं :
गरिमा क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा निर्मल भट्टराई नियुक्त भएका छन् । क्यापिटलको २०७९ साउन २९ गते बसेको संचालक समितिको बैठकले भट्टराइलाई नियुक्त गरेको हो । भदौ ०१ गते देखि लागू हुने गरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको गरिमा विकास बैंकका कम्पनी सचिव माधब आचार्यले जानकारी दिए ।
भट्टराईले भारतबाट चाटर्ड एकाउन्टेन्सी (सीए) गरेका हुन् । उनी गरिमा क्यापिटको स्थापनाकाल देखि नै विभिन्न ओहदामा रहेर कार्यसम्पादन गर्दै आएका थिए । यस अघि उनले गरिमा क्यापिटल लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यभार सम्हाल्दै आएका थिए । स्याङ्जाको वालिङमा स्थापना भएको गरिमा बैंक अहिले राष्ट्रिय स्तरको विकास बैंक बन्न पुगेको छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


