पाल्पामा १४ वर्षीय छोराले गरे बुवाको हत्या ।

death

पाल्पा:
पाल्पामा छोराले बुवाको हत्या गरेका छन्।
पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर दिसाको हत्या गरेका हुन्।

पारिवारिक झगडा भएपछि शनिबार राति ८ बजे छोराले तिलबहादुरको टाउकोमा चिर्पट दाउराले हानेका थिए। तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको बताइएको छ।प्रहरीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि

स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…

TOP