प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा मंसिर ४ गते गर्ने सरकारको निर्णय
काठमाडौं : सरकारले आगामी मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीवार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाए।
सत्ता गठबन्धनको बुधवारको बैठकले मंसिर ४ गते चुनावको मिति तोक्ने समझदारी गरेको थियो। उक्त सहमतिअनुसार मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा भएको हो।
निर्वाचन आयोगले असार २२ गते देउवालाई भेटेर मंसिर ४ गते चुनाव गर्न सुझाव दिएको थियो। उक्त सुझाव दिएको एक महिनापछि सरकार चुनावको मिति तोक्ने तयारीमा छ। देउवाले केही दिनअघि नै चुनावको मिति तोक्ने तयारी गरे पनि गठबन्धनमा सहमति हुन नसकेपछि चुनावको मितिबारे सरकार अनिर्णित थियो।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की। फोटो : प्रधानमन्त्रीको सचिवालय
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


