निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका तय ।
काठमाण्डौ:
निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । जसअनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ । आयोगको कार्यतालिका अनुसार दसैंको पूर्णिमाको दिन उम्मेदवारी दर्ता हुने भएको छ ।
अन्तिम नामावली प्रकाशन असोज २६ गते प्रकाशन हुने प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । समानुपातिक तर्फको बन्द सूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।
असोज २८ गतेदेखि मतपत्र छपाइ सुरु हुने आयोगले जानकारी दिएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छाप्नेछ । जनक शिक्षा सामग्री केन्द्रले प्रत्यक्ष तर्फको मतपत्र छाप्न करिब एक महिना लाग्ने जनाएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


