थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु ।
काठमाण्डौ:
देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय २९ जनाको नमूना परीक्षण गरिएको थियो ।
२ हजार ३ सय ८ जनाको पीसीआर र २ हजार ५ सय २१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।आइतबार ३ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै, २४ घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रथम खुमा अर्याल टी–२० कपको उपाधी गल्याङलाई
१ हप्ता अगाडि
स्याङ्जा : प्रथम खुमा अर्याल टी–२० रनिङ कप क्रिकेटको उपाधी गल्याङ नगरपालिकाले जितेको छ । खुमा फाउण्डेसलने आयोजना गरेको प्रतियोगितामा…


