सामुहिक फुल खेतीमा किसान
हिमाल न्यौपाने/गल्याङ् :
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएपछि कृषक सयपत्री फूलखेतीतर्फ आकर्षित भएका छन् । फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गत वर्ष आफैँले फूलखेती थालेको थियो । यस वर्षपनी किसानलाई अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको छ ।
स्याङजाको कालिगण्डकी गाउँपालिकाले स्थानीयलाई सयपत्री फूलखेतीतर्फ आकर्षित गर्न अनुदानको व्यवस्था समेत गरेको छ । गतबर्ष दुई लाख पचास हजारको लागतमा गाउँपालिका आफैँले फूलखेती गरेर मनग्य आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि व्यावसायिक फुलखेती तर्फ आकर्षित गर्न ५० प्रतिशत अनुदानमा सुरु गरेको पालीकाले जनाएको छ ।
गाउँपालिकाले पचास रोपनीमा व्यावसायिक फूल खेती गर्नका लागि नर्सरी स्थापना गरेको छ । फूलखेती गर्नका लागि सबै वडाबाट छनौट भई आएका कृषक समूह तथा कृषकलाई प्राविधिक ज्ञान दिइएको छ । खनजोतदेखि फूल उत्पादन हुँदासम्म गाउँपालिकाले प्रतिरोपनी नौ हजारका दरले अुनदान उपलब्ध गराउने भएको छ । उत्पादन भएको फूल तथा माला कृषक समूह वा कृषकले आफैं बिक्री गर्न पनि सक्ने, बिक्री नभएको खण्डमा गाउँपालिकाले बजारीकरणको व्यवस्था मिलाउने भएपछी कृषहरु फुलखेतीतर्फ चासो दिन थालेको गाँउपालिकाका वडा अध्यक्ष यादवराज पाण्डे(सुन्दर) ले बताए ।
गत वर्ष परीक्षणको रुपमा थालेको फूलखेतीको उत्पादन राम्रो भएपछी यसबर्ष कृषकलाई आकर्षित गर्न अनुदान उपलब्ध गराइएको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए । फुल खेतीका लागी सातवटै वडाका तीन महिला समूह, एक (होमस्टे) र कृषक समूह छनौट भएका छन । कृषक समूह तथा व्यक्तिले कम्तीमा पनि दुई रोपनीदेखि पाँच रोपनी जग्गामा व्यावसायिक फूलखेती गर्न पाउनेछन ।

पालिकाले नर्सरी राखेको ठाउमा सबै कृषक समूह तथा व्यक्तिलाई बोलाई प्राविधिक ज्ञान, नर्सरी स्थापना, औषधि, बीउ तथा आधुनिक औजार उपलब्ध गराएको छ ।
बीउ राखेको ९० दिनमा उत्पादन लिन सकिने भएपछी गाउँपालिका तथा कृषकले विशेष गरी दसैँ तिहारलाई लक्षित गरेर फूलखेती सुरु गरेका हुन । यसवर्ष सयपत्री कर्मा ५ सय ५५ जातको बीउ लगाएको छ । एउटा बोटबाट ४ सय सम्म फूल उत्पादन हुने र विभिन्न चरणमा आगामी चैतसम्म टिप्न सकिने साथै पालीकालाई अन्य बिबिध तरीकावाट नमुना पालीका बनाउने तत्पर रहेको गालीगण्डकी गाँउपालीकाका अध्यक्ष खिम थापाले बताए ।
फूलको व्यवसायिक उत्पादन गर्न सकेको खण्डमा आर्थिक आर्जन गर्न सकिने, खेर गइरहेको जमिनको सही सदुपयोग हुने, फूलको माध्यमबाट पालिकाको पहिचान स्थापित गर्न सकिनुका साथै यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ । पालिकाले गरेको यो प्रयास आम्दानीको श्रोतमात्रै नभएर पर्यटन भित्राउने माध्यम पनि बन्ने बताइएको छ ।
समाचार
थप सामाग्री
फूल बेचेर राम्रो आम्दानी गर्दै चापाकोटका कृषक भण्डारी ।
२ हप्ता अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको चापाकोट नगरपालिका–१, बेलडाँडाका कृषक तुलसीराम भण्डारीले फूल बिक्री गरेर राम्रो आम्दानी गर्नुभएको छ । भण्डारीले यो…


