रूपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किदा खाँदा दुई बालबालिकाको मृत्यु ।
बुटवल:
रूपन्देहीको तिलोत्तमा नगरपालिका गोरकटामा दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुईजना बालबालिकाको मृत्यु भएको छ।मणिग्रामबाट गोरकट्टातर्फ जाँदै गरेको र गोरकट्टाबाट मणिग्रामतर्फ जाँदै गरेको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।
लु १६ प ६१३० र लु २८ प ४३७३ नम्बरको मोटरसाइकल आइतबार साँझ ६ बजेतिर एकआपसमा ठक्कर खाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार मृत्यु हुनेमा तिलोत्तमा ३ शंकरनगरकी १२ वर्षीया समीक्षा खराल र ७ वर्षीय सुग्रीम खराल छन्।
त्यसैगरी दुर्घटनामा परी सुद्धोधन-३ का ३४ वर्षीय सुरज काफ्ले र तिलोत्तमा-३ की कमला खराल घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको छ।मृतक दुईजना बालबालिका र घाइते कमला खराल सुरज काफ्लेले चलाएको लु १६ प ६१३० नम्बरको मोटरसाइकलमा सवार थिए।
दुर्घटनामा परी लु २८ प ४३७३ नम्बरको मोटरसाइकल चालक बुटवल -७ दीपनगर बस्ने २६ वर्षीय सुजन थापा र पछाडि बसेका सुभास खनाल सामान्य घाइते छन्।
दुई मोटरसाइकल ठक्कर खाएपछि लु १ क ३०६४ नम्बरको मिनी ट्रकमा समेत ठोक्किएको प्रहरीले जनाएको छ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


