ब्यूटिपार्लर एसोसिएसनद्वारा तीजको शुभकामना सहित सांस्कृतिक कार्यक्रम
स्याङ्जा ६ भदौ :
नजिकिदै गरेको हरितालिका तीजलाई लक्षित गर्दै ब्यूटिपार्लर एसोसिएसन स्याङ्जाले दर खुवाउने सहित शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम कार्यक्रम गरेको छ ।
पुतलीबजार नगरपालिका ३ मा आयोजित कार्यक्रमको उदघाटन गर्दै शिक्षा, संस्कृति, बिज्ञान प्रबिधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले संस्कृति र परम्परालाई जोडेर ब्यूटि पार्लर ब्यवसाय गर्दै आएका महिलाबर्गलाई उद्यमसंग जोड्न सुझाव दिनुभयो ।
मन्त्री श्रेष्ठले श्रृंगारका सामाग्री अव नेपालीपनमै बनाउन आग्रह गर्दै मन्त्रालय महिला उद्यमीका लागि आवश्यकता अनुरुप सहयोग गर्ने बताउनुभयो । नेपाली महिलाका गहना सारी, चोली र नेपाली पनलाई जोगाउन श्रृंगार गर्न समेत मन्त्री श्रेष्ठको भनाई छ।
कार्यक्रममा सफल महिला उद्यमी तथा अग्रज ब्यूटि पार्लर चिनु गुरुङ्ले नेपालीका मौलिक चाडबाडको संरक्षण र प्रवद्र्धनमा ब्यूटि पार्लर एशोसियसनको भूमिका महत्वपूर्ण रहेको जनाउदै उद्यमीका हक, हित र अधिकार संरक्षणका लागि राज्य र स्थानीय पालिका बढी जिम्मेवार बन्नुपर्नेमा बताउनुभयो ।
कार्यक्रममा च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष निर्मला लम्साल, स्याङजा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ लगायतले तिजको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
ब्यूटि पार्लर एसोसिएसन स्याङ्जाका अध्यक्ष पुष्पा अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुतलीबजार नगर सचिव कल्पना लम्सालले स्वागत एवं जिल्ला सचिव प्रमिला गुरुङ्ले संचालन गर्नुभएको थियो ।
यसैगरी, एशोसियसनले जिल्लाका ३ जना महिला उद्यमीलाई पनि सम्मान गरेको छ । पुतलीबजार नगरपालिका ३ का अग्रज महिला उद्यमी लक्ष्मी प्रधान, हिरा शाही र चन्द्रकला रानालाई सम्मान गरिएको हो ।
कार्यक्रममा जिल्लाभरका झण्डै सय जना ब्यूटिसियन महिलाहरुको सहभागिता थियो ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …